बाटो बिग्रिँदा यात्रुलाई सास्ती
काठमाडौँ । पूर्वकै पर्यटकीय नगरी साागुरीगढी गाउँपालिकाको भेडेटारबाट सुरु भई धनकुटाको बुधबारे बजार हुँदै पाँचथर जोडिएको सडकको काम समयमा पूरा नहुँदा यात्रु मर्कामा परेका छन् ।
विगत १७ वर्षदेखि गाउँबाट तरकारी सङ्कलन गरेर तराईका बजार लगेर व्यापार गर्दै आएका चौबिसे गाउँपालिका मुढेवारका ४४ वर्षीय बलबहादुर थापाले बाटो बिग्रिएर व्यापार गर्न कठिन भएको बताए । तीन वर्षयता बर्खाको समयमा बाटो बिग्रिएर सहजरुपमा यातायात चल्न नसक्दा बाटैमा तरकारी कुहिएर जाने गरेको उनले बताए ।
“पछिल्लो समयमा बाटो सहज थियो । तीन वर्षयता बिग्रिएर खत्तम भएको छ ।” थापाले भने । माघदेखि ठेकेदारले काम छाडेपछि सडक झन बिग्रिएको छ । यात्रुलाई समस्या भएको छ । छोराछोरी पढाउन बुधबारे बजार बस्नुभएकी सोही गाउँपालिका–१ शौरेकी ४१ वर्षीया दिलमाया मगरले गाडी नचल्दा आफू दुई दिनदेखि जान नपाएको गुनासो गरे । “यात्रा गर्न मुश्किल भएको छ”, उनले भने ।
पाँचथर र धनकुटाको सिमानामा रहेको ६ नं बुधबारे बजारमा लामो समयदेखि होटल व्यवसाय गरेर आएका सुमन श्रेष्ठले सडकका कारण तीन वर्षयता व्यापारमा मन्दी आएको बताए । तेलको ट्याङ्कर आउन नसक्दा पाँचथर, धनकुटा हुँदै सुनसरी, मोरङ र झापाका लागि गुड्ने सवारीसाधन थन्किएका छन् । उक्त बजारको एक मात्र पेट्रोल पम्प बन्द छ ।
तीन वर्षयता बर्खाको समयमा पेट्रोलपम्प बन्द हुँदै आएको सञ्चालक सुभन आचार्यले जानकारी दिए । अहिले पाँच महिनादेखि पम्प बन्द हुँदा मासिक रु ६० हजारभन्दा बढी घाटा लागेको धरानका अर्का सञ्चालक चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बर्खाको समयमा सडक बिग्रिएर यातायात राम्ररी सञ्चालन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषिउपज बजार लैजान समस्या भएको मिक्लाजुङ गाउँपालिका–७ कम्फुटारका अशोक लामाले बताए । सडक निर्माण सुरु भएपछि उत्पन्न समस्या समधान गर्न पाँचथर र धनकुटाका स्थानीय जनप्रतिनिधिको एउटा समिति बनेको थियो । उक्त समिति हाल निष्क्रिय भएको चौबिसे गाउँपालिकाका पूर्वअध्यक्ष खजिन्द्र राईले बताए।
धनकुटा, सुनसरी र मोरङको चुरे क्षेत्र हुँदै गएको उक्त राजमार्गले भेडेटारबाट बुधबारे बजारसम्मको ४४ किमी सडक सबैभन्दा बढी बिग्रिएको छ । यस क्षेत्रमा रहेका नाम्जे, ओख्रे, ध्वजे डाँडा, राजारानी ताल, धप्पडताल, पाथीभरा मन्दिर, मोरङको जेफाले, पाँचथरको मिक्लाजुङ डाँडा पर्यटकीय क्षेत्र र सडकले छोएका साना सहर र गाउँ प्रभावित छन् । रासस
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
