बाटो बिग्रिँदा यात्रुलाई सास्ती
काठमाडौँ । पूर्वकै पर्यटकीय नगरी साागुरीगढी गाउँपालिकाको भेडेटारबाट सुरु भई धनकुटाको बुधबारे बजार हुँदै पाँचथर जोडिएको सडकको काम समयमा पूरा नहुँदा यात्रु मर्कामा परेका छन् ।
विगत १७ वर्षदेखि गाउँबाट तरकारी सङ्कलन गरेर तराईका बजार लगेर व्यापार गर्दै आएका चौबिसे गाउँपालिका मुढेवारका ४४ वर्षीय बलबहादुर थापाले बाटो बिग्रिएर व्यापार गर्न कठिन भएको बताए । तीन वर्षयता बर्खाको समयमा बाटो बिग्रिएर सहजरुपमा यातायात चल्न नसक्दा बाटैमा तरकारी कुहिएर जाने गरेको उनले बताए ।
“पछिल्लो समयमा बाटो सहज थियो । तीन वर्षयता बिग्रिएर खत्तम भएको छ ।” थापाले भने । माघदेखि ठेकेदारले काम छाडेपछि सडक झन बिग्रिएको छ । यात्रुलाई समस्या भएको छ । छोराछोरी पढाउन बुधबारे बजार बस्नुभएकी सोही गाउँपालिका–१ शौरेकी ४१ वर्षीया दिलमाया मगरले गाडी नचल्दा आफू दुई दिनदेखि जान नपाएको गुनासो गरे । “यात्रा गर्न मुश्किल भएको छ”, उनले भने ।
पाँचथर र धनकुटाको सिमानामा रहेको ६ नं बुधबारे बजारमा लामो समयदेखि होटल व्यवसाय गरेर आएका सुमन श्रेष्ठले सडकका कारण तीन वर्षयता व्यापारमा मन्दी आएको बताए । तेलको ट्याङ्कर आउन नसक्दा पाँचथर, धनकुटा हुँदै सुनसरी, मोरङ र झापाका लागि गुड्ने सवारीसाधन थन्किएका छन् । उक्त बजारको एक मात्र पेट्रोल पम्प बन्द छ ।
तीन वर्षयता बर्खाको समयमा पेट्रोलपम्प बन्द हुँदै आएको सञ्चालक सुभन आचार्यले जानकारी दिए । अहिले पाँच महिनादेखि पम्प बन्द हुँदा मासिक रु ६० हजारभन्दा बढी घाटा लागेको धरानका अर्का सञ्चालक चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बर्खाको समयमा सडक बिग्रिएर यातायात राम्ररी सञ्चालन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषिउपज बजार लैजान समस्या भएको मिक्लाजुङ गाउँपालिका–७ कम्फुटारका अशोक लामाले बताए । सडक निर्माण सुरु भएपछि उत्पन्न समस्या समधान गर्न पाँचथर र धनकुटाका स्थानीय जनप्रतिनिधिको एउटा समिति बनेको थियो । उक्त समिति हाल निष्क्रिय भएको चौबिसे गाउँपालिकाका पूर्वअध्यक्ष खजिन्द्र राईले बताए।
धनकुटा, सुनसरी र मोरङको चुरे क्षेत्र हुँदै गएको उक्त राजमार्गले भेडेटारबाट बुधबारे बजारसम्मको ४४ किमी सडक सबैभन्दा बढी बिग्रिएको छ । यस क्षेत्रमा रहेका नाम्जे, ओख्रे, ध्वजे डाँडा, राजारानी ताल, धप्पडताल, पाथीभरा मन्दिर, मोरङको जेफाले, पाँचथरको मिक्लाजुङ डाँडा पर्यटकीय क्षेत्र र सडकले छोएका साना सहर र गाउँ प्रभावित छन् । रासस
सम्बन्धित समाचार
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



