दशैँमा २० लाख यात्रु बाहिरिने अनुमान
जानकारी केन्द्र
२०७९, भाद्र, २४
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेको छ। कोभिड–१९ प्रभाव नभएकाले यो संख्यामा यात्रुहरू दशैँ मनाउन गाउँ जाने अनुमान गरिएको महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको बुधबार बसेको संयुक्त बैठकले असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।
यातायात व्यवस्था विभागले अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्ने भनेको छ। तर यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले अनलाइनबाट टिकट काट्ने व्यवस्था नगर्ने प्रष्ट पारेका छन् ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
