• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ जेठ २०८३, शुक्रबार
०१ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
  • ६ घण्टा 

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ
  • ७ घण्टा 

२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल
  • ७ घण्टा 

आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै
  • ८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ८ घण्टा 

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
  • २२ घण्टा 

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ
  • २२ घण्टा 

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता

  • ३. वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

  • ४. काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

  • ५. दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

  • ६. कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ

  • ९. जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ

  • १०. देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

मर्चवारवासीलाई सडकको सास्ती स् भत्किएका र हिलाम्मे सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने

जानकारी केन्द्र २०७९, भाद्र, २४

काठमाडौं । साथीको जन्मदिनको पार्टीमा सरिक हुन भैरहवा जाँदै गरेका सम्मरीमाई–३ पिपरहवाका अरूणकुमार सहानी मायादेवी–७ वनगाईबाट घर फर्किनुपयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले अधिग्रहण गरिराखेको मर्चवारको मुख्य बाटोमा उहाँ चिप्लिएर हिलाम्मे भई फर्किनुपर्दा पार्टीमा सहभागी हुन पाउनुभएन ।

सम्मरीमाई–७ बस्ने अरविन्द लोधको व्यथा पनि उस्तै छ । वि।सं। २०७८ असारमा वडा नं ३ भटौली जान निस्कनुभएका उहाँको मोटरसाइकल सम्मरीमाई–५ थुम्हवास्थित मुख्य बाटोमा बन्द भयो । दानव नदीको बाढी पानीले नदेखिने बनाएको सडक खाल्डोमा मोटरसाइकल स्टार्ट बन्द हुँदा इञ्जिनमा पानी पसेर बिग्रियो ।

छोरीको आँखा उपचारका लागि रण अम्बिका आँखा अस्पताल भैरहवा जाँदा मर्चवारी–३ का दिलीप बरइ कोटहीमाई–७ परसहवा पुग्दा हिलाम्मे हुनुभयो । विपरीत दिशामा गुडिरहेको पिकअप भ्यानले उहाँमाथि सडकमा जमिरहेको पानी छ्यापेपछि उहाँ घर फर्केर कपडा परिवर्तन गर्दासम्म दुई घण्टाभन्दा बढी समय खर्चिनुप¥र्यो ।

अरूण, अरविन्द र दिलीप त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । त्यहाँ समस्या न झेलेकाहरू भेट्न गाह्रो छ । जिल्लाको सदरमुकाम जोड्ने एकमात्र सडकको अवस्था जीर्ण भएपछि सर्वसाधारणको आवतजावतमा समस्या थपिएको छ । केही वर्षअघि गरिएको कालोपत्र फुटेर दर्जनभन्दा बढी ठाउँमा खाल्टाखुल्टी परेका छन् ।

अरूणले भन्नुभयो, “भत्किएका र हिलाम्मे सडकमा जोखिम मोलेर भए पनि यात्रा गर्नुपर्ने बाध्यता छ ।” दिलीपले सडकमा रहेको खाल्टोकै कारण दुर्घटनामा पर्दा दाहिने हात भाँचिएको सुनाउनुभयो । हिलो र धुलो नेपाली सडकको पहिचान नै हो । रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवार र लुम्बिनीको दुरावस्था पनि भिन्न छैन ।

सडक ठाउँठाउँमा टुटेका र भत्केका छन् । खाल्टाखुल्टी परेको सडक मर्मतसम्भारको अभावमा मर्चवारवासी सास्ती खेप्न बाध्य छन् । यात्रा गर्दा दर्जनौँले दुर्घटना भोगेका छन्, कैयौँको पोशाकमा हिलो छ्यापिएको छ । हल्का पानी पर्दा सडकमा ताल खेलेको जस्तो देखिन्छ ।

खाल्टाखुल्टी र भत्किएका सडकका कारण सवारी यात्रा कष्टप्रद छ । “यात्रुहरूले ठूलै जोखिम मोलेर यात्रा गरिरहनुपरेको छ”, सम्मरीमाई–६ का अवधेश विश्वकर्मा भन्नुहुन्छ । उहाँका अनुसार मुलुकमा धेरै राजनीतिक परिवर्तन भए पनि विकासमा खासै परिर्वतन हुन सकेको छैन । उहाँ भन्नुहुन्छ, “व्यवस्था फेरियो तर मुहार फेरिएन ।”

तीन गाउँपालिकासहित मायादेवीको वडा नं ५, ६ र ७ जोडिएको यो क्षेत्रमा एउटा मात्र प्राथमिक स्वास्थ्य केन्द्र छ । तर विशेषज्ञ चिकित्सक कमै मात्र बस्छन् । यो क्षेत्रका १५ स्वास्थ्यचौकी र पाँच आधारभूत स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी सेवा दिन सकेका छैनन् ।

आकस्मिक घटना–दुर्घटना निम्तिए खाल्टाखुल्टी सडककै कारण सदरमुकाम भैरहवास्थित सुविधासम्पन्न अस्पताल पु¥याउन ढिलो हुन्छ । झन्डैै दुई सय वर्ग किमी क्षेत्रफलमा फैलिएको मर्चवारमा सवा लाखभन्दा बढी मानिसको बसोबास छ ।

यो क्षेत्रले वि।सं। २०१४ साउन ११ देखि कात्तिक १४ सम्म डा केआइसिंहलाई प्रतिनिधिका रूपमा प्रधानमन्त्री, त्यसपछि दीपक बोहरा, निरञ्जन थापा र सर्वेन्द्रनाथ शुक्ललाई विभिन्न महत्वपूर्ण मन्त्रीका रूपमा पटकपटक पाएको छ । यसै क्षेत्रबाट चुनाव जितेर प्रदेशसभा सदस्य भएका वसिउद्दीन खाँ अहिले लुम्बिनी प्रदेश सरकारको मन्त्री हुनुभएको छ ।

“पानी परे हिलोको असर, न परे धुलोको असर । बोल्नेले नबोलिदिएपछि, सडक बनाउनेले नबनाइदिएपछि मर्चवारवासी त्यहीँ भासिए, बिग्रिएको हिलाम्मे र धुलाम्मे हुने खाल्टाखुल्टी भएको सडकमा हिँड्न बाध्य छन्”, समाजसेवी कन्हैया बनियाँले भन्नुभयो, “लुम्बिनी प्रदेशमै अन्नको भकारी भनेर चिनिने मर्चवार क्षेत्रमा न राम्रो सडक छ, न सुविधासम्पन्न अस्पताल, न त भरपर्दो बिजुली पानीको व्यवस्था ।”

सडक पूर्वाधार भरपर्दो नभएकै कारण सुगम जिल्लाको मर्चवार क्षेत्र दुर्गम भएको भन्दै सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मी भन्नुहुन्छ, “सडकको हालत उस्तै रहिरहनुमा यस क्षेत्रबाट जो जो गाउँपालिका अध्यक्ष, सांसद र मन्त्री बन्नुभयो । उहाँहरूकै कमजोरी हो । सडक नेताहरूको प्राथमिकतामा परेकै छैन ।” यस क्षेत्रबाट चुनिएका जनप्रतिनिधिको उदासीनताका कारण सडक स्तरोन्नति नभएको उहाँको भनाइ छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मायादेवी–७ वनगाईमा मर्चवार सडकको केही भाग अधिग्रहण गरेपछि अर्को स्थायी सडक समयमा नबनाइदिँदा र माथिल्लो तहका सरकारले निर्माण थालेको बेथरी–खैरा सडक योजना निर्माण सम्पन्न नहुँदासम्मका लागि समस्या जटिल बन्दै गएको कांग्रेस क्षेत्रीय सभापति मुकेश यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “बेथरी–खैरा फोरलेन सडक विस्तारका क्रममा छ, निर्माण सम्पन्न भएपछि मर्चवारमा पनि विकास देखिने निश्चित छ ।”

लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुदमन्त्री एवं रूपन्देहीको निर्वाचन क्षेत्र नं ४ ९ख०बाट निर्वाचित प्रदेशसभा सदस्य वसिउद्दीन खाँले भन्नुभयो, “भर्खरमात्र मन्त्री बनेको हुँ, मर्चवारमा शिक्षा, सडक र सिँचाइलगायत भौतिक पूर्वाधार क्षेत्रमा आधा अर्बभन्दा बढी बजेट पनि मेरै पालामा प्रदेश सरकारमार्फत विनियोजन भएको छ ।” अगामी दिनमा मर्चवारको विकासका लागि प्रतिबद्ध रही पर्याप्त बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रमवापुर–दुइमोहान सडक स्तरोन्नतिका लागि रु १६ करोड छुट्याइएको छ भने भुँवरी–दुइमोहान जोड्न तिनाउ नदीमा पुल निर्माणका लागि रु २२ करोड तथा अन्य भित्री सडक तथा पुल निर्माणका लागि करिब रु १५ करोड बजेट विनियोजन भएको छ ।”

मर्चवार आदर्श बहुमुखी क्याम्पसका लागि रु ७३ लाख छुट्याइएको मन्त्री खाँले बताउनुभयो । अन्य विभिन्न योजना निर्माणका लागि पनि बजेट निकासा भएको बताउँदै उहाँले भन्नुभयो, “अब मर्चवारको विकासले कोल्टे फेर्ने निश्चत छ ।” रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ
२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

ताजा

ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.