नक्कली नागरिकता र प्रवेशपत्र बनाई अन्य व्यक्तिको ट्रायल दिने पाँच जना पक्राउ
काठमाडौं । मध्यपुर ठिमी नगरपलिका-५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-११ टाँडी ठेगाना भएका काठमाडौं चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका-४ ठेगाना भएका काठमाडौं तिनकुने बस्ने २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका-१ ठेगाना भई भक्तपुर कटुञ्जे बस्ने २४ वर्षीय ईन्द्र बहादुर शाही, सिन्धुली दुधौली नगरपालिका-१४ ठेगाना भएका २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेनस्थान गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय राज कुमार श्रीमल रहेका छन् ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल सहित पक्राउ गरेको हो । उनीहरू उपर लिखत सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण