युनाइटेड सिमेन्ट्सद्वारा कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण
काठमाडौं । युनाइटेड सिमेन्ट्स प्रा। लि। ले धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ ।
गत भाद्र २२ गते बुधबारका दिन सोहि नगरपालिका कार्यालयमा हस्तान्तरण समारोह सम्पन्न भएको हो । यस कार्यक्रममा धुनिबेसी नगरपालिका उप–प्रमुख सुरज उप्रेती, वडा न। ९ का अध्यक्ष माधव प्रसाद सिलवाल, भू। पु। वडा अध्यक्ष साहिला राईका साथै विभिन्नसंग संस्था तथा प्रहरी प्रशासनबाट आउनुभएका अतिथिहरुको बाक्लो उपस्थिति थियो ।
कुनै पनि स्थानमा उद्योग स्थापना गरेपछि, त्यहाँको समाजसँग हातेमालो गर्दै अगाडी बढ्नुपर्ने हरेक संस्थाको प्रमुख दायित्व हुन्छ । उद्योग र समाज भनेको एउटै रथका दुइटा पांग्रा जस्तै हून । उद्योगलाई पनि समाजको साथ, सहयोगको आवश्यकता पर्छ भने उद्योगले पनि सामाजिक स्तर उन्नति, दिगो विकासका लागि सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उतरदायित्व बहन गर्दै विभिन्न कार्यक्रम गर्नुपर्ने हुन्छ।
सोहि कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बिगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरीहार्य क्षेत्रमा यस समाजलाई हरेक तरहले सहयोग गर्दै आएको कुरा ब्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

