युनाइटेड सिमेन्ट्सद्वारा कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण
काठमाडौं । युनाइटेड सिमेन्ट्स प्रा। लि। ले धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ ।
गत भाद्र २२ गते बुधबारका दिन सोहि नगरपालिका कार्यालयमा हस्तान्तरण समारोह सम्पन्न भएको हो । यस कार्यक्रममा धुनिबेसी नगरपालिका उप–प्रमुख सुरज उप्रेती, वडा न। ९ का अध्यक्ष माधव प्रसाद सिलवाल, भू। पु। वडा अध्यक्ष साहिला राईका साथै विभिन्नसंग संस्था तथा प्रहरी प्रशासनबाट आउनुभएका अतिथिहरुको बाक्लो उपस्थिति थियो ।
कुनै पनि स्थानमा उद्योग स्थापना गरेपछि, त्यहाँको समाजसँग हातेमालो गर्दै अगाडी बढ्नुपर्ने हरेक संस्थाको प्रमुख दायित्व हुन्छ । उद्योग र समाज भनेको एउटै रथका दुइटा पांग्रा जस्तै हून । उद्योगलाई पनि समाजको साथ, सहयोगको आवश्यकता पर्छ भने उद्योगले पनि सामाजिक स्तर उन्नति, दिगो विकासका लागि सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उतरदायित्व बहन गर्दै विभिन्न कार्यक्रम गर्नुपर्ने हुन्छ।
सोहि कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बिगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरीहार्य क्षेत्रमा यस समाजलाई हरेक तरहले सहयोग गर्दै आएको कुरा ब्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
