पूर्वराजा शाहद्वारा महारानी एलिजाबेथको निधनप्रति दुस्ख व्यक्त
काठमाडौं । पूर्वराजा ज्ञानेन्द वीरविक्रम शाहले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुस्ख व्यक्त गरेका छन्। शाहले महारानी एलिजाबेथको नेपालको राजकीय भ्रमण र उनीसँग जोडिएका आफ्ना अनुभव अभिव्यक गर्दै शालिन र उच्च राजकीय भूमिका निर्वाह गर्नसक्ने रानी गुमाएको भन्दै दुस्ख व्यक्त गरेका हुन्।
शुक्रबार निर्वालनिवासले शोक सन्देश जारी गर्दै नेपालप्रति महारानीको सधै अघाद आत्मिएता भएको उल्लेख गर्दै उनी प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवार,बेलायत सरकार र बेलायती जनताप्रति हार्दिक समवेदन प्रकट गरेका छन्।
शोक सन्देशमा लेखिएको छ,’ सयुक्त अधिराज्यकी महारानी एलिजाबेथको निधनको खबर सुनेर हामीलाई दुस्ख लागेको छ। स्वर्गीय महारानी राजगददीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिवक्सेको कुरा सदा स्मरणीय छ। साथै नेपाल प्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ। नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसंगको भेट वार्तालाई गहनतम प्राथमिकता दिएका छौँ। उहाँ प्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार बेलायती सरकार एबम बेलायती जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।’
महारानी एलिजाबेथले सन् १९६१ तत्कालिन राजा महेन्दको निमन्त्रणामा र १९८६ मा वीरेन्द्रको पालामा नेपालको महत्वपूर्ण राजकीय भ्रमण गरेकी थिइन्।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
