गुनासो राख्न विद्युतीय मतपेटिका
नुवाकोट । सेवा प्रदायक संस्थामा गुनासोरसुझाव पेटिका राख्नैपर्ने व्यवस्था छ तर पछिल्लो समय सेवा प्रदायक संस्थाको भित्तामा राखिने काठ वा टिनबाट बनेका पेटिकाको प्रयोग न्यून मात्रामा भएको पाइन्छ । कुनै कार्यालयको पेटिका त वर्षौँपछि खोल्दा पनि खाली देखिन्छ । त्यस्ता परम्परागत गुनासोरसुझाव पेटिका प्रयोगविहीन अवस्थामा पुगेपछि जिल्ला प्रशासन कार्यलयले सञ्चालनमा ल्याएको छ– विद्युतीय गुनासो पेटिका ।
सूचना प्रविधिको विकाससँगै सेवाग्राही तथा सरोकारवाला निकायलाई आफ्ना सुझाव तथा गुनासो राख्न सहज होस् भन्ने उद्देश्यले विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । “प्रशासन कार्यालयबाट मात्र नभई जिल्लामा रहेका सेवा प्रदायक सबै संस्थाहरुबाट प्रवाह हुने सेवाका बारेमा विद्युतीय गुनासो पेटिकामार्फत आफ्ना गुनासा राख्न सक्नुहुनेछ”, रिसालले भने, “गुनासो पेटिकामा आउने गुनासो तथा सुझाव सिधै प्रमुख जिल्ला अधिकारीकोमा आउनेछन् । गुनासो तथा सुझावको प्रकृति हेरेर हामी सम्बोेधन गर्ने प्रयास गर्नेछौँ । जिल्ला प्रशासनबाहेक अन्य कार्यलयमा आएको गुनासो सम्बन्धित कार्यालयमा जानकारी गराउनेछौँ ।”
जिल्ला प्रशासन कार्यलय नुवाकोटले गएको हप्तादेखि विद्युतीय गुनासो पेटिका सञ्चालनमा ल्याएको हो । प्रयोगकर्ताले गुगल फारममार्फत प्रयोग गर्नुपर्ने पेटिकामा गुनासो वा उजुरीकर्ताको नाम र फोन नम्बरसहित गुनासो गर्न चाहेको निकाय उल्लेख गरी गुनासोसहित आफ्ना सुझाव राख्न सक्ने छन् ।
उजुरीकर्ताको नाम गोप्य रहने प्रमुख जिल्ला अधिकारी रिसालको भनाइ छ । “गुनासो व्यवस्थापनका लागि जिल्लास्तरीय संयन्त्र निर्माण गर्न लागेका हौँ । सेवाग्राही सेवा लिन आउँदा सहज–असहज परिस्थिति सिर्जना भएको हुनसक्छ । तत्काल त्यस्ता कुरा सम्बन्धित निकायलाई जानकारी गराउन सक्ने अवस्था नहुन सक्छ । परम्परागत सुझाव पेटिकामा आफ्ना भनाइ राख्न इच्छा नगर्नेहरु पनि हुन्छन् । भौतिक उपस्थिति नभई मोबाइलबाटै सहजरूपले आफ्ना कुरा राख्न सक्ने माध्यमको खोजी गरेका हौँ”, उनले भने ।
एक हप्ताको बीचमा पाँचवटा गुनासो प्राप्त भइसकेको उनले बताए । राहदानी र राष्ट्रिय परिचयपत्रसहित स्वास्थ्यको क्षेत्रमा चासो राखिएका गुनासा प्राप्त भएको उनको भनाइ छ । राम्रो कामको सुरुआत भन्दै प्रतिक्रिया दिनेहरू पनि रहेकाले क्रमशः विद्युतीय गुनासो पेटिकाको प्रयोगकर्ता बढ्दै जाने प्रमुख जिल्ला अधिकारी रिसालको अपेक्षा छ । रासस
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

