• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ बैशाख २०८३, आइतबार
१३ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • ६ घण्टा 

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
  • ७ घण्टा 

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
  • ९ घण्टा 

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
  • ९ घण्टा 

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
  • १२ घण्टा 

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
  • १३ घण्टा 

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक
  • १५ घण्टा 

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • २. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ४. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

  • ५. प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ६. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?

  • ८. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • ९. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • १०. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

एकै वडाबाट वार्षिक रु चार करोडको दूध बिक्री

जानकारी केन्द्र २०७९, भाद्र, २४

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक रु चार करोड मूल्य बराबरको दूध निकासी हुन थालेको छ । बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका छन् ।

“सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बजार लैजाने गरेका छन्”, उनले भने, “यो वडाबाट मात्रै दैनिक एक हजार लिटर दूध निकासी हुन्छ ।” बास्कुना कृषि सहकारी संस्थाले बास्कुना र थामडाँडाबाट दैनिक दुई ६० लिटर, सिङ्गाको शुभकामना दुग्ध सहकारीले दैनिक दुई सय ६० लिटर र सिमलचौर विउविजन तथा कृषि सहकारी संस्थाले मङ्गलाका कृषकसहित चार सय ५० लिटर दूध बेनीमा ल्याउने गरेका छन् ।

सिङ्गाका कृषक कोपीपाल पौडेलले व्यक्तिगतरुपमा दैनिक ४० लिटर दूध बिक्री गर्छन् । वडाभर करिब सय बढी कृषकले गाईभैँसी पालन गरेर दूध उत्पादन गरेका छन् । बास्कुना कृषि सहकारीले बेनीमा आफ्नै बिक्री कक्ष सञ्चालन गरेको अध्यक्ष तिलक गुरुङले बताए । “बास्कुनालाई फलफूल र दूधमा नमुना ९एफएम फ्रुट–मिलक० भिलेज बनाउने अभियानमा छौँ”, उनले भने, “गाईभैँसी पालनबाट कृषकको जीवनस्तरमा परिवर्तन आएको छ ।”

उपभोक्ताको घरमै पु¥याँउदा प्रतिलिटर रु एक सय २० र डेरीलाई प्रतिलिटर रु एक सय १० का दरले दूध बिक्री हुने गरेको कृषक कोपीपाल पौडेलले बताए । “वार्षिक करिब रु १७ लाख आम्दानी हुन्छ । खर्च कटाएर रु छ÷सात लाख बच्छ”, उनले भने, “पशुपालनबाट छोराछोरीको पढाइसँगै घरव्यवहार चलाउन सहज भएको छ ।”

कृषकले घरबाट सङ्कलन केन्द्रमा ल्याउने दूध गाडीमा राखेर बेनी पठाउने गर्छन् । सडक यातायातको सुविधासँगै सिङ्गाका कृषकले दूध उत्पादनका लागि व्यावसायिक गाईभँैसी पाल्न थालेका थिए । विदेशबाट फर्किएका र युवाले पनि गाईभैँसीपालन गरेका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले सिङ्गा, अर्थुङ्गे र बरङ्जा क्षेत्रका कृषकले दूध उत्पादन गर्न थालेपछि आयात घटेको बताए । नयाँ फार्म स्थापना, स्तरोन्नति, गोठ सूधार, सङ्कलन केन्द्र स्थापना, दूध ढुवानी गर्ने क्यान आदीमा केन्द्रले सघाएको छ ।

गत आर्थिक वर्षमा रु १८ लाख बजेट विनियोजन भएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आबद्ध सय कृषकले प्रतिलिटर रु २।५० का दरले रु १५ लाख ९० हजार अनुदान पाएका थिए । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

ताजा

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.