सिकलसेलका बिरामीका लागि छुट्टै अस्पताल
काठमाडौँ । सिकलसेलका बिरामीलाई लक्षित गरी बाँकेको जानकी गाउँपालिका–३ मा सिकलसेल सामुदायिक अस्पताल निर्माण हुने भएको छ ।
पश्चिम तराईका थारु जातिमा देखिएको सिकलसेल रोगका बिरामीलाई सेवा दिन बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र सुर्खेतका थारु स्वास्थ्यकर्मीको अगुवाइमा सिकलसेल अस्पतालको निर्माण कार्य सुरु भएको हो । सिकलसेलका बिरामीलाई लक्षित गरी जानकी गाउँपालिका–३, नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउन लागिएको थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष जीवराज चौधरीले जानकारी दिए ।
उनका अनुसार सात बिघा जमिनमध्ये १० कट्ठामा अस्पताल र अन्यमा सिभिल होमलगायत पार्किङस्थल, खेल मैदान र बगैँचा निर्माण गरिने छ । बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन् । छ जिल्लाका १० लाख थारु समुदायमध्ये एक लाख सिकलसेलका बिरामी रहेका छन् । त्यसमध्ये बाँकेमा एक हजारले उपचार गराइरहेको थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष चौधरीले बताए ।
अहिले यस क्षेत्रमा सिकलसेलका बिरामी दैनिक बढिरहेका छन् । उनीहरुले उचित उपचार पाउन नसकेकाले थारु समुदायका गरिब बिरामीलाई समेत सहजरुपमा उपचार सेवा दिन अस्पताल निर्माण सुरु गरिएको उनको भनाइ छ । अस्पतालको बिहीबार सहरी विकासमन्त्री मेटमणि चौधरीले शिलन्यास गर्दै अस्पताल निर्माणका लागि सहरी विकास मन्त्रालयले बजेटको व्यवस्था गर्ने बताएका छन् । रासस
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

