लहान क्षेत्रमा खानेपानीको मिटर चोरी बढ्यो
काठमाडौँ। लहान नगर क्षेत्रभित्र केही दिन यतादेखि खानेपानीको मिटर चोर्नेको बिगीबिगी बढ्न थालेको छ । गत बुधबार बिहान ४ बजेतिर लहान नगरपालिका–६ राधाकृष्ण चोकस्थित सहिजा खातुन, दिनेश साह र रामबाबु दासको घरकोे धाराको मिटर चोरी भएपछि उनीहरु गुनासो गर्न नेपाल खानेपानी संस्थान लहान शाखामा आएपछि यो कुरा बाहिर आएको शाखाका निमित्त प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिए ।
विगत केही दिनदेखि यो घटना बढ्दै आएको र राधाकृष्ण चोकको एक घरको सिसी टिभीको फुटेज हेर्दा मिटर चोरी गर्ने व्यक्तिले शिरदेखि पाउँसम्म कालो कपडाले पूरै बेरिएर मिटर चोरी गरेको देखिएको तर व्यक्तिको पहिचन नसकेपछि खानेपानीमा निवेदन दिन गएको स्थानीयवासीले बताए ।
उक्त शाखामा केही दिन यतादेखि चोरी भएको मिटरका लागि गुनासो लिएर आउनेको सङ्ख्या ३५ पुगेको छ । संस्थानमा आएको निवेदनमध्ये वडा नं ५ र ६ बाट मिटरका लागि बढी मात्रामा निवेदन आउने गरेकाले सो क्षेत्रबाट बढी मात्रामा मिटर चोरी भएको सो संस्थानका वितरण शाखा प्रमुख लट्टु यादवले बताए। त्यतिमात्र नभएर केही समय अगाडि खानेपानीको धारामा लगाइको पित्तलको धारोको पनि चोरी बढेको र अहिले धाराको टुटी मात्र नभएर मिटर नै चोरी हुन थालेपछि यहाँ आउने ग्राहकलाई इलाका प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरिएको उनले जानकारी दिए । खानेपानीको नयाँ मिटर किन्दा एक हजार ६०० भन्दा बढी लाग्ने र तर चोरी गरेको मिटर सस्तो दाममा बेचेर लागुऔषध सेवनकर्ताले यस्तो गरेको हुनसक्ने स्थानीय एक व्यक्तिले बताए । रासस
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
