होस्टिङ सर्भिस प्रोभाइडर पोखरेल पक्राउ
काठमाडौं । कम्पयूटर सामाग्रीमा अनधिकृत पहुँच पुर्याई डाटा नष्ट गरी हानी नोक्सानी पुर्याउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका–२ झम्सिखेलस्थित न्भलभकभ क्यगितष्यल एखत। ीतम का संचालक काठमाडौं महानगरपालिका–९ बत्तिसपुतली बस्ने ५० वर्षीय प्रशन्न पोखरेललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
सुन्दर ग्रुप अफ कम्पनीज प्रालि सञ्चालन गरी कम्प्यूटर तथा लेखा सम्बन्धी उपकरणहरुको कारोवार गर्ने, कम्प्यूटरको थोक व्यापार गर्ने, विविध वस्तुहरुको आयात निर्यात गर्ने लगायतका विविध सेवा प्रदान गर्दै आएकोमा सोही कम्पनीले आफ्नो र ग्राहकहरुको हितलाई लक्षित गरी निर्माण गरिएको वेब पोर्टल र डाटाहरुलाई होस्टिङ सर्भिस प्रोभाइडर न्भलभकभ क्यगितष्यल एखत। ीतमले अनधिकृत रूपमा होस्टिङ एकाउन्टमा प्रवेश गरी बिना सूचना डाटाहरु नष्ट गरी क्षती पुर्याउने कार्यमा संलग्न प्रशन्नलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

