Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

अमेरिकी सेनाले छोडेको हेलिकोप्टर तालिवानले उडाउन खोज्दा दुर्घटना, तीन जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २६
अमेरिकी सेनाले छोडेको हेलिकोप्टर तालिवानले उडाउन खोज्दा दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा तालिवानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । ‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेशनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त भएको छ,’ रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीले भने, ‘दुर्घटनामा पाँच जना घाइते भएका छन् ।‘

तालिबानले एक वर्षअघि अमेरिकामा निर्मित केही विमानहरू आफ्नो नियन्त्रणमा लिएको थियो । अमेरिका छोडेका कति हेलिकोप्टर सञ्चालित छन् भन्ने यकिन हुन सकेको छैन । अमेरिकी सेनाहरूले जानाजानी केही सैन्य हार्डवेयरलाई क्षति पुर्याएका थिए ।

Top Changing Nepal

युट्युब सट्स