भोलिसम्म चोलेन्द्रको बयान सक्ने तयारीमा समिति
काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान भोलि ९सोमबार० सम्म सक्ने तयारी गरेको छ। सिफारिस समितिमा रहेका नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले आज र भोलि राणाको बयान लिने बताए। ‘आज र भोलि हामी चोलेन्द्रशमशेरको बयान लिन्छौं’, विश्वकर्माले भने, ‘हामीले हाम्रा प्रश्नहरूको लिखित जवाफ पनि मागेका छौं। जति प्रश्न बाँकी रहन्छन् ती सकेसम्म सिध्याउने तयारी छ।’
समितिले आज पनि बयानका लागि राणालाई सिंहदरबारस्थित समितिको कक्षमा डाकेको छ। प्रतिनिधि सभाको कार्यकाल अन्त्य हुनै लाग्दा प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले राणा माथिको छानबिन प्रतिवेदन कहिले बुझाउँछ भन्ने यकिन छैन।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो। राणाविरूद्ध दर्ता भएको महाभियोग प्रस्ताव छलफलका लागि २०७८ फागुन २९ गते प्रतिनिधि सभामा पेश भएको थियो। तर त्यसको झन्डै ६ महिनापछि २०७९ साउन २२ गते मात्र महभियोग सिफारिस समितिमा पठाएको थियो। राणाविरूद्ध अहिले समितिले लागेका आरोपमाथि बयान लिने काम गरिराखेको छ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
