स्वदेश फर्कदै सन्दीप लामिछाने, विमानस्थलमै पक्राउको तयारी
जानकारी केन्द्र
२०७९, भाद्र, २६
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित सन्दीप लामिछाने स्वदेश फर्कने तयारीमा छन् । उनी केही दिनमै स्वदेश फर्कने तय भएको हो ।
लामिछानेले क्यारेबियन क्रिकेट लिग बीचैमा छाडेर स्वदेश फर्कने बताएका थिए । उनले कानूनी सहयोगको आग्रह पनि गरेका थिए । लामिछाने स्वदेश फर्कने तय भएसँगै प्रहरीले उनलाई विमानस्थलमै पक्राउ गर्ने तयारी गरेको छ ।
लामिछानेलाई अध्यागमन विभागबाट नै पक्राउ गरी अनुसन्धानको पूर्वतयारी भइसकेको छ । उनीमाथि १७ वर्षीया नाबालिगकले बलात्कारको आरोप लगाएकाले त्यसबारे छानबिन हुनेछ ।
लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । तर, १७ वर्षीया नाबालिगकका आफन्तले बलात्कारको आरोपपत्र प्रहरीमा दर्ता गरेका छन् । प्रहरीले अनुसन्धानबाट सिनामंगलस्थित एक होटलको कोठामा ६ भाद्रको विहानीपख बलात्कार भएको प्रमाणका आधारमा अनुसन्धान बढाएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

