स्वदेश फर्कदै सन्दीप लामिछाने, विमानस्थलमै पक्राउको तयारी
जानकारी केन्द्र
२०७९, भाद्र, २६
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित सन्दीप लामिछाने स्वदेश फर्कने तयारीमा छन् । उनी केही दिनमै स्वदेश फर्कने तय भएको हो ।
लामिछानेले क्यारेबियन क्रिकेट लिग बीचैमा छाडेर स्वदेश फर्कने बताएका थिए । उनले कानूनी सहयोगको आग्रह पनि गरेका थिए । लामिछाने स्वदेश फर्कने तय भएसँगै प्रहरीले उनलाई विमानस्थलमै पक्राउ गर्ने तयारी गरेको छ ।
लामिछानेलाई अध्यागमन विभागबाट नै पक्राउ गरी अनुसन्धानको पूर्वतयारी भइसकेको छ । उनीमाथि १७ वर्षीया नाबालिगकले बलात्कारको आरोप लगाएकाले त्यसबारे छानबिन हुनेछ ।
लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । तर, १७ वर्षीया नाबालिगकका आफन्तले बलात्कारको आरोपपत्र प्रहरीमा दर्ता गरेका छन् । प्रहरीले अनुसन्धानबाट सिनामंगलस्थित एक होटलको कोठामा ६ भाद्रको विहानीपख बलात्कार भएको प्रमाणका आधारमा अनुसन्धान बढाएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
