शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा निधन
एजेन्सी । , बद्रीनाथ र शारदा पीठ, द्वारकाका शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा आइतबार निधन भएको छ। मध्यप्रदेशको नरसिंहपुर जिल्लाको झोटेश्वरस्थित परमहंसी गंगा आश्रममा हृदयाघातका कारण दिउँसो ३ः५० बजे उनको निधन भएको हो। स्वरूपानन्द सरस्वतीलाई विश्वभरका हिन्दूहरूको सबैभन्दा ठूलो धर्म गुरु मानिन्थ्यो।
लामो समयदेखि बिरामी शंकराचार्य बैंगलोरमा उपचार गरेर भर्खरै आश्रम फर्किएका थिए। शंकराचार्यका शिष्य ब्रह्म विद्यानन्दका अनुसार स्वामी स्वरूपानन्द सरस्वतीलाई सोमबार साँझ ५ बजेतिर परमहंसी गंगा आश्रममा समाधि दिइनेछ। भारतीय स्वतन्त्रता संग्राममा सहभागी भए वापत स्वामी शंकराचार्य जेल पनि गएका थिए।
स्वामी स्वरूपानन्द सरस्वतीको जन्म मध्य–प्रदेशको सिवनी जिल्लाको दिघोरी गाउँमा ब्राह्मण परिवारमा भएको थियो। बाल्यकालमा उनको नाम पोथीराम उपाध्याय थियो। ९ वर्षको उमेरमा उनले घर छोडेर धर्मको यात्रा सुरु गरेका थिए। यसै क्रममा उनी काशी पुगे र त्यहाँ उनले ब्रह्मलिन श्री स्वामी कर्पात्री महाराजबाट वेद–वेदांग, शास्त्रको शिक्षा लिए।
सन् १९४२ मा ‘भारत छोडो’ आन्दोलन घोषणा भएपछि स्वामी स्वरूपानन्द पनि आन्दोलनमा सामेल भएका थिए। १९ वर्षको उमेरमा उनी क्रान्तिकारी भिक्षुका रूपमा प्रसिद्ध भए। उनी वाराणसीमा ९ महिना र मध्य प्रदेशको जेलमा ६ महिना जेलमा पनि परे।
सन् १९५० मा स्वामी स्वरूपानन्दलाई दण्डी सन्यासी बनाइयो। ज्योतिरमठ पीठका ब्रह्मलिन शंकराचार्यले स्वामी ब्रह्मानन्द सरस्वतीबाट दण्ड सन्यासको दीक्षा लिए र त्यसपछि उनी स्वामी स्वरूपानन्द सरस्वती भनेर चिनिन थाले। उनले सन् १९८१ मा शंकराचार्यको उपाधि प्राप्त गरेका थिए । उनले अयोध्यामा राम मन्दिर बनाउनुपर्ने पक्षमा पनि लामो कानुनी लडाइ लडे।
रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टमा वासुदेवानन्द सरस्वतीलाई स्थान दिएकोमा ज्योतिर्मथ पिठका शंकराचार्य स्वरूपानन्द सरस्वतीले आपत्ति जनाएका थिए। सर्वोच्च अदालतले आफ्ना चारवटा फैसलामा वासुदेवानन्द सरस्वतीलाई शंकराचार्य र सन्यासी दुवै नमानेकाले ज्योतिर्मथ पिठको शंकराचार्यका हिसाबले त्यसमा आफू हुनुपर्ने उनको भनाई थियो।
शंकराचार्य स्वरूपानन्द सरस्वतीको निधनमा मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीट गर्दै भनेका छन् –‘शारदा पीठका शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वती सनातन धर्मका श्लोक पुरुष र सन्यास परम्पराका सूर्य थिए।’ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि स्वामी स्वरूपानन्द सरस्वतीको निधनले सन्त समाजमा अपूरणीय क्षति भएको प्रतिक्रिया दिएका छन्।
त्यस्तै भारतीय राष्ट्रिय कंग्रेसकी नेतृ प्रियंका गान्धीले शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको निधनमा दुःख व्यक्त गर्दै ‘स्वामीले आफ्नो सम्पूर्ण जीवन धर्म, अध्यात्म र परोपकारका लागि समर्पित गरेको’ स्मरण गरेकी छन्।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
