Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

पुरानो रिसइविले चौतारामा बसेर खुकुरी प्रहार गर्दा‘

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २७
पुरानो रिसइविले चौतारामा बसेर खुकुरी प्रहार गर्दा‘

मकवानपुर । धारिलो हतियार खुकुरी प्रहार गरी बिरन घिसिङ गम्भीर घाइते बनाएको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनी बस्ने २६ वर्षीय घिसिङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३८ वर्षीय जोनसागर ब्लोनलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

जोनसागरले पुरानो रिसइविको कारण घर नजिकैको चौतारामा बिरनलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले जोनसागरलाई घटनामा प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बिरनलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स