सरकारले खोल्यो केराउ, सुपारी र मरिचको आयात
काठमाडौँ । सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुलाएको छ । आज राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले यी तीन वस्तुको आयात प्रतिबन्ध खुलाएको हो । यी तीन वस्तुको आयातमा गत आर्थिक वर्षदेखि प्रतिबन्ध लगाइएको थियो । सरकारले प्रतिबन्ध खोल्दै केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक कच्चा पदार्थका रूपमा गर्न मिल्ने जानकारी दिएको छ ।
प्रकाशित राजपत्रमा भनिएको छ, ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, केराउ, सुपारी र कालो मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पुरा गरेर चालू आर्थिक वर्षका लागि मात्र कच्चा पदार्थको रूपमा पैठारी गर्न अनुमति दिने निर्णय भएको छ ।’ यसअघि सरकाले राजपत्रमा सूचना निकालेर २०७६ को चैत २४ गतेदेखि यी वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । खासगरी, तेस्रो मुलुकबाट आयात गरेर भारत तस्करी भएको भन्दै त्यसलाई रोक्ने लक्ष्यसहित सरकारले केराउ, सुपारी र कालो मरिचको आयात रोकेको थियो ।
यद्यपि, सोही समयमा सरकारले व्यवसायीसँगको छलफलपछि गत चैतदेखि असार मसान्तसम्मका लागि आयात खुला गरेको थियो । त्यस लगत्तै पुनः यसको आयात रोकिएको थियो । सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउने र भारततर्फ हुने तस्करीलाई समेत नियन्त्रण गर्ने लक्ष्यसहित दोस्रो पटक यी वस्तुको आयात बन्देज गरेको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
