गाई भैँसीको सुत्केरी खर्चका लागि गाउँपालिकाद्वारा रु ६ लाख विनियोजन
काठमाडौँ । पर्वतको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गरिने भएको छ । स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपालिकाले संरक्षण अभियान थालेको हो । विहादीले पालिकाभित्रका छवटै वडामा व्यावसायिक वा निर्वाहमुखीरूपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम समेत ल्याएको छ ।
विहादीले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । स्थानीय गाईपालन गरेका कृषकलाई प्रोत्साहन गर्नका लागि र गाई पालनतर्फ आकर्षण बढाउनका लागि यस्तो अभियान थालिएको विहादीका अध्यक्ष प्रविन गुरुङले जानकारी दिए । गाई अभावमा विभिन्न पूजा पाठमा समेत गाईको दस्तुर जनाउँदै दक्षिणा राखेर उम्काउने गरिएको छ । नयाँ पुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ ।
उक्त कार्यक्रममा समावेश हुनका लागि गाई र गर्भधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधबाबु पौडेलले जानकारी दिए । अनुदान लिनका लागि निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र गाई बाच्छीको तस्विरसमेत संलग्न गर्नुपर्नेछ । जिल्लामा पछिल्लो समय उन्नत जातका गाईपालन बढ्दै गएको छ । थोरै दूध दिने र गाई पालनको खर्चसमेत नउठ्ने जनाउँदै कृषक स्थानीय गाईपालन गर्न छाडेका हुन् ।
पालिकाले न्यूनतम रु पाँच हजारभन्दा बढी प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलोपटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो । यसअघि जिल्लाका सबैजसो पालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम भने सुरु गरेका थिए । भैँसी सुत्केरी भएपछि पाडापाडी तत्काल मासुका रूपमा उपभोग गर्ने प्रचलन बढेपछि सुत्केरी भत्ता दिएर पाडापाडी हुर्काउने र स्थानीय जानका लिमे पाराकोटे भैँसी संरक्षणका लागि उक्त कार्यक्रम लागू गरेका थिए । यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्ष गाई भैँसीको सुत्केरी खर्चका लागि रु छ लाख विनियोजन गरेको छ ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
