काठमाडौं जिससले गर्यो तीनै तहको समीक्षा
काठमाडौं । काठमाडौँ जिल्ला समन्वय समितिले काठमाडौँ जिल्ला भित्रका स्थानीय तह, प्रदेश र सङ्घीय कार्यालयहरुको गत आर्थिक वर्षमा सञ्चालित योजनाहरुको समिक्षा गरेको छ । सोमबार र मंगलबार गरी दुई दिनसम्म चल्ने समिक्षा कार्यक्रममा पहिलो दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभयो भने दोस्र्रो चरणको कार्यक्रममा स्थानीय तह र विभिन्न विषयगत कार्यालयले गत वर्ष सञ्चालित योजनाको प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रेष्ठले संविधानले नै तीनै तहबीच समन्वय र सहकार्य गर्ने अधिकार दिएकाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावमा विकास निर्माणको काममा तिब्ररुपमा बढ्न नसकेको बताउनुभयो। एउटा तहलाई दिएको अधिकार अर्को तहले प्रयोग गर्ने अधिकार संविधानले नदिएको भन्दै उहाँले भन्नुभयो “स्थानीय तहका लागि आवश्यक कर्मचारी पूर्ति गर्ने अधिकार प्रदेश सरकारलाई दिए पनिसङघीय निजामती सेवा ऐन जारी हुन नसक्दा सो काम गर्न कठिन भएको छ ।”
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले विकास निर्माणको काममा तीनै तहबीच समन्वय र सहकार्य हुनु आवश्यक रहेको भन्दै जिससले तीनै तहबीच समन्वय र सहकार्य गर्ने काममा सहजिकरण गरेको बताउनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले समिक्षा कार्यक्रमले अन्तर कार्यालयले गरेका राम्रा कामको आदानप्रदान गर्ने अवसर भएको बताउनुभयो । कार्यक्रममा सङ्घीय सांसद अञ्जना बिसुंखे, दिव्यमणि राजभण्डारी र बागमती प्रदेश सभाका सदस्य रमा आलेले समिक्षा कार्यक्रमले तीनै तहका प्रतिनिधिका लागि सिकाइ भएको बताउनुभयो ।
सो अवसरमा काठमाडौँ महानगरपालिकाको तर्फबाट तथ्याङ्क अधिकृत कृष्णराज तिवारी, शंखरापुर नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा र चन्द्रागिरी नगरपालिकाको तर्फबाट अधिकृत दामोदर रिजालले गत आर्थिक वर्षमा सञ्चालित योजनाको प्रस्तुतिकरण गर्नुभएको थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख शान्ति पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। बाँकी अन्य नगरपालिका र विषयगत कार्यालयले मंगलबार आ–आफ्नो प्रस्तुतीकण गर्ने कार्यक्रममा जनाइएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
