फरार दुई अभियुक्त पक्राउ
काठमाण्डौँ । चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन् । सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चोरी मुद्दामा अदालतबाट २०७८ चैत १४ गते उनलाई पाँच महिना कैद र रु पाँच हजार जरिवाना ठहर भएको थियो ।
आरोपितले २०७७ कात्तिक १९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी बस्ने ३१ वर्षीय झौली कामैतको घरबाट खसी चोरेका थिए । यसैगरी सवारी ज्यान मुद्दामा फरार रहेका सप्तरीको सुरुङगा नगरपालिका–२ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।
अदालतले विसं २०७५ चैत ३ गते दाहाललाई एक महिना १५ दिन कैद ठहर गरेको थियो । कैद ठहर गरी फैसला गरेपश्चात फरार रहेका दाहाललाई खोजतलासको क्रममा आज पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाउन लागिएको छ ।
उदयपुरगढी गाउँपालिका–७ की ३१ वर्षीय सुशीला तामाङले स१त ५५५९ नंका ट्र्याक्टरधनी दाहालविरुद्ध उजुरी दिनुभएको थियो । फैसला कार्यान्वयनअन्तर्गत गत वर्ष सप्तरी प्रहरीले चार सय चार जनालाई पक्राउ गरेको थियो । यसमा देवानी मुद्दाअन्तर्गत तीन सय ४७ र फौजदारी अपराधअन्तर्गत ५७ जना रहेका थिए ।
यस्तै आर्थिक वर्ष २०७८÷७९ मा प्रहरीले एक सय तीन वर्ष ११ महिना २६ दिन कैद र रु १० लाख ८९ हजार एक सय २६ जरिवाना असुल गरेको थियो ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

