कंगारुको हमलामा अस्ट्रेलियामा एक वृद्धको मृत्यु
काठमाडौँ । कंगारुको हमलामा अस्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । ती व्यक्तिले कंगारुलाई आफूले पाल्दै आएका थिए । पहिचान नभएको व्यक्तिलाई आइतबार दिउँसो आफन्तले पश्चिमी अस्ट्रेलियाको थोरै जनसंख्या भएको दक्षिणी सहर रेडमन्डको एउटा घरमा गम्भीर घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । कंगारुले अस्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको बताइएको छ ।
ती व्यक्तिलाई एक बिहानै कंगारुले आक्रमण गरेको बताइएको छ । उनको घरमा एम्बुलेन्सका कर्मचारी पुग्दा ती व्यक्तिको मृत्यु भइसकेको थियो । प्रहरीले कंगारुलाई गोली हानेर मारिदिएको थियो ।
कंगारुलाई मानिसले पाल्तु जनावरको रूपमा राखेको हुन सक्ने अनुमान गरिएको छ । कंगारुको प्रजाति पहिचान नभए पनि पश्चिमी अस्ट्रेलियाको ‘ग्रेट साउर्दन’ क्षेत्रको भएको बताइएको छ ।२ दशमलब २ मिटर अग्लो कंगारुको तौल ७० किलोसम्म हुने गर्छ । अस्ट्रेलियाली सञ्चार माध्यमहरूका अनुसार यसअघि सन् १९३६ मा कंगारुको हमलामा मानिसको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

