कानुन विपरीत निकालिएका नदीजन्य बस्तु लिलाम गरिने
काठमाडौँ । पर्वतको जलजला गाउँपालिकाले कानुन विपरीत कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तु लिलाम बिक्री गर्ने भएको छ । सर्वोच्च अदालतको आदेश विपरीत ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएका नदीजन्य बस्तु जफत गरी लिलाम बिक्री गर्न लागिएको हो । उक्त गाउँपालिकाले सरोकारवालाको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तु लिलाम बिक्री गर्न सोमबार नाप जाँच गरेको छ ।
पर्वतको वारी बेनीदेखि दमुवा खोलासम्म अवैध रुपमा उत्खनन् गरेर थुपारिएको बालुवा लिलाम बिक्री गर्न लागत अनुगमन गरिएको उक्त गाउँपलिकाका उपाध्यक्ष एवं अनुमगन टोलीका संयोजक दीपक आचार्यले बताए।
साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत उत्खनन् गरिएको बालुवा लिलाम बिक्री गर्न गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, जिसस र पालिका इञ्जिनीयर, सुरक्षाकर्मीलगायत उपस्थितमा किनारमा थुपारिएको नदीजन्यबस्तु नापजाच गरी प्राप्त प्रतिवेदनलाई कार्यपालिकाको बैठकले लिलाम बिक्रीका लागि प्रक्रियाअघि बढाउने भएको छ ।
गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजर सिल गरिएको थियो । वर्षात्को समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै व्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्दै बेच्ने गरेका छन् । राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको संरक्षणमा पर्वत खण्डमा कानुन विपरीत ठेक्का नलागेको ठाउँमा पनि उपकरण प्रयोग गरेर अवैधरुपमा बालुवा उत्खनन् बढिरहेको जनगुनासो छ । म्याग्दी, पर्वत, बागलुङ क्षेत्रमा कानुन विपरीत नदीजन्यबस्तुको उत्खनन् बढी देखिन्छ । रासस
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
