• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १४ घण्टा 

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
  • १५ घण्टा 

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
  • १६ घण्टा 

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
  • १७ घण्टा 

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
  • १९ घण्टा 

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
  • २० घण्टा 

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक
  • २३ घण्टा 

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • २. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ४. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

  • ५. प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ६. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?

  • ८. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • ९. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • १०. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

बन्द रहेका सीमानाका खोलिदिन अध्यक्ष तिमिल्सिनाको चिनियाँ पक्षलाई आग्रह

जानकारी केन्द्र २०७९, भाद्र, २८

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चाडबाडका समयमा बन्द रहेका तातोपानी, केरुङ, कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष ली चान्शुलाई आग्रह गरेका छन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले विगतमा भएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ सम्झौता कार्यान्वयन, हिमाल वारपार  केरुङ–काठमाडौँ  रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजना पुनःसञ्चालनका लागि आग्रह गरेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।

सो अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशकाबीचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा भएको थियो ।

आगामी दिनमा आपसीहितका विषयमा काम गर्ने, संसदीय सहयोग आदानप्रदान गर्ने र उच्चस्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको थियो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षबीच भएका समझदारीको स्मरण गर्दै दुई देशको सम्बन्ध सदियौँदेखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको बताएका थिए ।

उनले चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेकाले नेपालको समृद्धिमा पु¥याएको योगदानका लागि धन्यवाद दिएका थिए । यस्तै उनले एक चीन नीतिको नेपाल पक्षमा रहेको र सुरक्षा चासोमा नेपाल प्रतिबद्ध रहेको जनाए ।

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष लीले अध्यक्ष तिमिल्सिनाले उठाएको विषयको समर्थन गर्दै सीमानाकामा देखिएको अवरोध खोल्नेलगायत अन्य काममा सहजीकरण गरिने आश्वासन दिएका थिए ।

दुईपक्षीय वार्ता करिब एक घण्टा चलेको जानकारी दिँदै सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा पाण्डेले त्यसअवसरमा आपसी छलफलका क्रममा नेपालको संसद्को विकास तथा आपसी सहयोग आदानप्रदान सम्बन्धमा निरन्तर अघि बढ्ने कुरामा दुवैतर्फबाट प्रतिबद्धता व्यक्त भएको थियो । सचिवालयले चिनियाँ प्रतिनिधि मण्डलको नेपाल भ्रमण उपलब्धिमूलक र सुखद रहने अपेक्षासमेत गरेको थियो ।

दुईपक्षीय वार्तामा राष्ट्रियसभाको प्रतिनिधिमण्डलको तर्फबाट अध्यक्ष तिमिल्सिनाले नेतृत्व गरेका थिए भने चिनियाँ पक्षबाट राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

नेपालकोतर्फबाट १८ सदस्यीय प्रतिनिधिमण्डलमा सांसदहरु देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, रमेशजङ्ग रायमाझी, डा वेदुराम भुसाल, प्रमिला कुमारी, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, डा विमला राई पौड्याल, खिमलाल देवकोटा, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँल, परराष्ट्र सचिवलगायतका पदाधिकारी सहभागी थिए । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

ताजा

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.