• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १८ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

बुधबार पनि काठमाडौंका सडक दिनभरजसो प्रभावित हुने, बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको सुझाव

जानकारी केन्द्र २०७९, भाद्र, २९

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले बुधबा पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिउँसो साढे ३ बजे भेट्ने कार्यक्रम रहेको चान्शु नेतृत्वको टोलीले त्यसअघि भक्तपुर दरबार अवलोकनको कार्यक्रम रहेको छ। उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ । आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

त्यस्तै आजै दिउँसो १५स्३० बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ। उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका चान्शुलाई सरकारले भिभिआइपी पाहुनाको सम्मान दिइरहेको छ। उनको स्वागतमा सभामुख अग्निप्रसाद सापकोटा विमानस्थलमा पुगेका थिए। काठमाडौंमा हुने उनको सवारीमा प्रहरीले कडा सुरक्षा दिइरहेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक ९एसपी० सीताराम रिजालका अनुसार चान्शुलाई भिभिआइपीको सुरक्षा दिइएको छ।

यस्ता खालका सुरक्षा दिँदा औपचारिक सवारीको रूपमा हेरिने उनले बताए। ‘औपचारिक सवारीको रूपमा हेरिन्‍छ। त्यो भनेको सवारी समयमा बाटो खाली गरिन्छ,’ उनले भने। सवारी हुने कति समय अगाडि सडक खाली गर्ने भन्ने मूल्यांकन भने भिभिआइपीमा पनि भर पर्ने उनी बताउँछन्। सुरक्षा खतराको मूल्यांकन गरेर त्यसलाई रोकिने उनले बताए। चान्शुको सवारी हुने सडक कति समयअगाडि खाली गर्ने हो भन्ने बारे उनले खुलाएनन्।

नेपाल प्रहरीले उनीमाथि हुनसक्ने खतराको पनि मूल्यांकन गरेको छ। उनीमाथि तिब्बती शरणार्थीको थ्रेट हुनसक्ने भनेर मूल्यांकन गरिएको एसपी रिजालले बताए। चान्शुको सुरक्षाको लागि चिनियाँ सुरक्षाकर्मी पनि आएका छन्। नेपाल प्रहरीले पनि उनलाई सुरक्षा दिन एसपीको कमान्डमा टोली खटाएको हो।

यसका लागि काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली परिचालन भएको छ। यसको सबै मनिटरिङ भने परिसर प्रमुख एसएसपी भरत बोहरा र त्यसको नियमित अपडेट कार्यालयका प्रमुख एआइजी रवीन्द्रसिंह धानुकले पनि लिइरहेका छन्। ‘उहाँका आफ्नै सुरक्षाकर्मी पनि आउनुभएको छ। प्रहरीले दिने सुरक्षा भने ठाउँ र रूट अनुसार परिचालन हुन्छ। एयरपोर्टबाट सोल्टी होटलसम्म जानुपर्‍यो भने अलि बढी सुरक्षाकर्मी परिचालन गर्छौं,’ उनले भने, ‘सिंहदरबारसम्म मात्रै हो भने थोरै परिचालन हुन्छ।’

यसका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका प्रहरीलाई परिचालन गरेको छ। कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुरबाट बोलाएर प्रहरी परिचालन गरेको उनी बताउँछन्। त्यतिले पनि अपुग हुँदा प्रहरी प्रधान कार्यालयबाट पनि तीन सय जना प्रहरी माग गरी परिचालन गरिएको उनले बताए। ‘काठमाडौं उपत्यकाको मात्रै परिचालन गर्दा अपुग भएपछि प्रहरी प्रधान कार्यालयबाट पनि माग गरी परिचालन गरिरहेका छौं,’ उनले भने।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.