अजरबैजानको हमलामा १०५ आर्मेनियाली सैनिक मारिए
काठमाडौँ । सोमबारदेखि अजरबैजानसँगको सीमामा भएको झडपमा १०० भन्दा बढी आर्मेनियाली सैनिकको मृत्यु भएको आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बताएका छन् । अजरबैजानले यस लडाइँमा आफ्ना ५० सैनिक पनि मारिएको बताएको छ । आक्रमणको दोष दुबै पक्षले एक अर्कोलाई दिएका छन् ।
विवादित नागोर्नो–काराबाख क्षेत्रलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच लामो समयदेखि चलिरहेको द्वन्द्वको शृंखलामा यो पछिल्लो ठूलो हताहति हो । रुस र अमेरिकाले दुई देशबीच शान्ति कायम गर्न आह्वान गरेका छन् ।
आफ्नो देशको संसदमा बोल्दै आर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यानले सोमबार रातिदेखि भएको आक्रमणमा१०५ जना आर्मेनियाली सैनिकको मृत्यु भएको बताए। आक्रमणमा अजरबैजान दोषी रहेको उनले बताए ।
उनले अजेरी सेनाले यस हप्ता आर्मेनियाली क्षेत्रको १० वर्ग किलोमिटर ९४ वर्ग माइल० कब्जा गरेको आरोप पनि लगाए । सैन्य सहयोगको लागि आर्मेनियाको लामो समयको सहयोगी रुसतर्फ फर्किएको उनले बताए ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
