अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
काठमाडौं । रामेछाप, महोत्तरी, पर्सा र भक्तपुरबाट अवैध लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–३ आँपचौर बस्ने ४९ वर्षीय नवराज खत्रीलाई २ केजी ५ सय ग्राम गाँजासहित बुधबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिबाराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ हजार ४ सय ट्याब्लेटसहित सोही नगरपालिका–३ बस्ने ४८ वर्षीय ठेलुया मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ठेलुयाको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
पर्साको पर्सागढी नगरपालिका–२ बागवानाबाट १३ केजी ८ सय ग्राम चरेशसहित मकवानपुर मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षीया कल्पना मोक्तान लगायत ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
गलमभाष्लभम
जितपुरबाट मनवातर्फ आउँदै गरेको ना।२ ह ३१८६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको वीरगन्ज महानगरपालिका–१७ अलौबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय ५० एम्पुल, डाईजेपाम २ सय ५० एम्पुल र नुर्फिन २ सय ५० एम्पुल सहित सोही महानगरपालिका–११ राघेमाई बस्ने ३७ वर्षीय पारस महतो लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एबी ५३११९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरबाट ३ सय ग्राम गाँजासहित सोही नगरपालिका–७ बागेश्वरी बस्ने २४ वर्षीय सबिन जंग ढुंगाना लगायत २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बा।७७ प ३९७६ नम्बरको स्कुटरलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा लुकाई ल्याएको उक्त गाँजा सहित स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?