विद्यालय तहको शैक्षिक क्यालेण्डर ल्याइँदै
काठमाडौं । सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो ९क्यालेण्डर० प्रकाशन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत सो क्यालेण्डर प्रकाशन गराउन लागेको हो ।
कुन तहमा कहिले भर्ना हुन्छ, पढाइ कहिलेसम्म हुन्छ, परीक्षा र परीक्षाफल प्रकाशन कहिले हुन्छ भन्ने विषय समेटेर केही दिनभित्रै विद्यालय तहको शैक्षिक क्यालेण्डर सार्वजनिक हुन लागेको हो । गत वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशनमा ढिलाइ भएको थियो भने पालिकास्तरमा हुने कक्षा ८ को परीक्षा अधिकांशमा एकै समयमा भए पनि कतिपय पालिकापिच्छे फरक–फरक समयमा हुँदै आएको छ ।
तल्लो तहको परीक्षाको परीक्षाफल प्रकाशनमा ढिलाइ वा अन्न्योल हुँदा माथिल्लो तहको विद्यार्थी भर्नामा अन्योल हुने गरेको छ । कोभिड–१९ पछि शैक्षिकसत्र नै प्रभावित भएको थियो भने आर्थिक वर्ष र शैक्षिकसत्रबीचको समायोजना तथा शैक्षिक तथ्याङ्क र अभिलेखीकरणका लागि तीन तहका सरकारबीच समन्वय हुनसकेको छैन ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हालसम्म विद्यालय तहको शैक्षिक क्यालेण्डर नभएको सन्दर्भमा केही दिनभित्रै उक्त क्यालेण्डर सार्वजनिक गराइने जानकारी दिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको १३औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित ‘आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका मुद्दाहरु’ विषयक छलफल कार्यक्रममा उनले शिक्षण सुधारका सवालमा तहगतरूपमा तथा कानुनी, भौतिक, शैक्षिकरूपमा काम भइरहेको र आउने सङ्घीय शिक्षा ऐनले शैक्षिक गुणस्तरका सवाल सम्बोधन गर्ने अपेक्षा व्यक्त गरे ।
विद्यालय सुधारका क्रममा प्रधानाध्यापक र शिक्षकहरू जिम्मेवार हुनसकेमा मात्रै शिक्षामा सुधार सम्भव हुने उनको भनाइ छ । मन्त्री पौडेलले विद्यालय शिक्षामा शैक्षिक क्यालेण्डर व्यवस्थित नभएको सन्दर्भमा स्थानीय तहसँगको सहकार्यमा क्यालेण्डर जारी गर्ने मन्त्रालयको तयारी गरिएको बताए । मन्त्री पौडेलले सङ्घीय शिक्षा ऐनसँगै प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धीसहित अन्य छवटा शैक्षिक विधेयक ल्याउने तयारी गरेको पनि बताए ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

