अनुगमनका क्रममा अस्वस्थ मासु बिक्री गरेको भेटियो
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनका क्रममा मासु पसलमा अस्वस्थ मासु बिक्री गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुगमन अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बुधबार गरिएको मासु पसलहरुको अनुगमनका क्रममा हप्ता दिन अगाडिदेखिको मासु समेत फ्रिजमा हालेर राखिएको अवस्थामा फेला परेको थियो ।
“नागरिकको स्वास्थ्यको समेत ख्याल नगरी पसलले अस्वस्थरूपमा मासु बिक्री गरेको पाइएको छ, ती सामग्री समेत बरामद गरिएको छ”, अनुगमन अधिकृत दाहालले भन्नुभयो ।
बजारको समीक्षा मासु पसल र तामाङ मासु पसललगायतका पसलमा अनुगमन भएको हो । मासु राख्न प्रयोग गरिएको फ्रिजसमेत फोहर भेटिएकाले सो समेत बरामद भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघुले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा घरेलु विकास कार्यालय, उद्योग वाणिज्य सङ्घ, पत्रकार, प्रहरी लगायतका सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
धेरै दिन अगाडिदेखि फ्रिजमा राखेर मासु बिक्री गरेका व्यवसायीलाई पत्र काटी जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन गरिएको अनुगमन अधिकृत दाहालले जानकारी दिनुभयो । चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासनले बजार अनुगमन तीव्र बनाएको हो । रासस
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
