तेह्र वर्षीय सजन पाँच दिनदेखि बेपत्ता, खोजीका लागि परिवारको अपील
जानकारी केन्द्र
२०७९, भाद्र, ३०
काठमाडौं । तेह्र वर्षीय सजन महर्जन बेपत्ता भएको पाँच दिन बितिसक्दा पनि फेला परेका छैनन् । काठमाडौं महानगरपालिका वडा नं. २, कैलाशचौरमार्ग, लाजिम्पाटबाट २०७९ भदौ २६ गते आइतवार बिहान करिब ७ बजेको समयमा उनी कसैलाई केही थाहा नदिइ कोठाबाट निस्किएका थिए । त्यसपछि सजनको कुनै अतोपतो छैन ।
उनकी आमा कोपीला महर्जनले आफ्नो एक मात्र छोरा हराएको हुँदा खोज तलास गरी पाउँ भनी प्रहरी बृत्त दरवारमार्ग र सोह्रखुट्टेमा भदौ २७ गते निवेदन दिएको बताउनुभयो । पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ७ मा अध्ययनरत सजन आइतवारदेखि विद्यालयमा अनुपस्थित रहेका छन् ।
निज सजनलाई कोही कसैले देख्नु वा भेट्टाउनु भएमा नजिकको प्रहरी, आमसञ्चार वा परिवारलाई खबर गरि दिनु हुन निजकी आमा कोपीला ९९८२३६०८९२४० ले अपील गर्नुभएको छ ।
सम्बन्धित समाचार
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

