• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १७ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

नेपाल टेलिकमले आज शुक्रबारदेखि इ-सिम दिने, क-कसले पाउँछन्र रु

जानकारी केन्द्र २०७९, भाद्र, ३१

काठमाडौँ । नेपाल टेलिकमले आज, भदौ ३१ गते शुक्रबारदेखि आफ्ना ग्राहकहरूलाई इ – सिम वितरण गर्ने भएको छ। कम्पनीका प्रवक्ता शोभन अधिकारीले शुक्रबारदेखि इ – सिम वितरण गरिने जानकारी दिए। टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आफ्ना ग्राहकहरूलाई निःशुल्क इ- सिम वितरण सुरू गर्ने भएको हो। इ- सिम चल्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन्।

कम्पनीका अनुसार हाल भौतिक सिमकार्ड प्रयोग गरिरहेका पोस्टपेड र प्रिपेड नम्बरका सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ। त्यसैगरी नयाँ पोस्टपेड नम्बर लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ-सिम दिइने छ। नयाँ प्रिपेड नम्बरका लिने ग्राहकलाई भने अहिले यो सुविधा उपलब्ध छैन। इ-सिम चल्ने मोबाइल सेट भएका पुराना ग्राहकले सिम लिन आवश्यक फारम भरेर बुझाउनु पर्नेछ।

इ-सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक इ-सिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र यस्तैखाले उपकरणमा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। इ-सिमको पूरा रूप इम्बेडेड सबस्क्राइबर आइडेन्टिटी मोड्युल हो। बोलिचालीको भाषामा यसलाई इलेक्ट्रिक सिम पनि भन्न सकिन्छ।

इ-सिमले मोबाइल सेटलाई दूरसञ्चार सेवा प्रदायक कम्पनीको नेटवर्कसँग कनेक्ट गर्छ। अहिले प्रयोगमा भएका सिमकार्ड मोबाइलमा राखेपछि नेटवर्कसँग कनेक्ट हुन्छ। इ- सिम भने यो सुविधा भएको मोबाइल सेटमा पहिल्यै राखिएको हुन्छ। त्यसमै सेवा प्रदायकको नेटवर्क कनेक्ट हुने हो। यो सानो भए पनि यो हराउने, भाँचिने चिन्ता हुँदैन। त्यस्तै यसको प्रतिलिपि नम्बर पनि निकाल्न मिल्दैन।

फोन हराए इ-सिमको मद्दतले फोन कुन ठाउँमा छ भन्ने पत्ता लगाउन पनि तुलनात्मक रूपमा सजिलो हुन्छ, प्रवक्ता अधिकारीले भने।

हाल कुन कुन फोनमा चल्छ इ-सिम रु

नेपाली बजारमा इ-सिम लाग्ने फोन अहिले पनि उपलब्ध छन्। हालै अमेरिकामा सार्वजनिक भएको नयाँ आइफोनमा इ-सिम मात्र चल्छ। तर इ-सिम मात्र चल्ने आइफोन-१४ का नयाँ मोडलहरू अमेरिकाका लागि हो। अन्य देशमा इ-सिम र साधारण भौतिक सिम दुवै चल्ने आइफोन कम्पनीले पठाउने छ।

एप्पलले चार वर्षअघि आइफोन – एक्स मोडलबाट इ- सिम फिचर सुरू गरेको थियो। यसपछि सबै आइफोनमा इ- सिम चल्छ।अनलाइन इ- सिम स्टोर होलाफ्लाईु ले इ(सिम चल्ने विभिन्न फोनहरूको सूची तयार पारेको छ। आइफोन( एक्सएसहित आइफोन(११, आइफोन(एसई ९२०२००, आइफोन(१२, आइफोन(१३ र आइफोन १४ का साथै सामसङ ग्यालेक्सी फोल्ड, ग्यालेक्सी फोल्ड( ३, ग्यालेक्सी जेड फ्लिप, ग्यालेक्सी एस(२०, एस(२१, एस( २२, नोट(२० लगायत मोडलमा इ(सिम चल्छ।

यसबाहेक हुवावे पी- ४०, पी-४० प्रो, मेट-४० प्रो, मोटोरोला आरएजेडआर-२०१९, आरएजेडआर- फाइभ जी, ओप्पो फाइन्ड- ३ प्रो, रेनो-५ ए, रेनो-६ प्रो फाइच जी, फाइन्ड एक्स-५, एक्स-५ प्रो र ए-५५ एसमा पनि इ- सिम लाग्छ। गुगल पिक्सेल ३, पिक्सेल ३ ए, पिक्सेल ४, पिक्सेल ४ ए, पिक्सेल ५, पिक्सेल ६, पिक्सेल ६ ए र पिक्सेल ६ प्रोमा पनि इ सिम चलाउन सकिन्छ ।

नेपाल टेलिकमका प्रवक्ता अधिकारीका अनुसार इ-सिम उपलब्ध गराउनेसम्बन्धी गत वैशाखमा मात्रै नेपाल टेलिकम र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिबीच सम्झौता भएको थियो। मोन्टी युके ग्लोबलले टेलिकमका ग्राहकलाई इ – सेवा उपलब्ध गराउन आवश्यक प्लेटफर्म उपलब्ध गराउनेबारे सम्झौता भएको हो।

यो भनेको भौतिक कुनै संरचना निर्माण गर्ने भनिएको होइन। नेपालमा इ(सिम उपलब्ध गराउने भनिएको हो, अधिकारीले स्पष्ट पारे। अहिले बजारमा उपलब्ध मोबाइल सेटमा धेरैमा तीन वटा सिमकार्ड चल्छन्। इ- सिममा भने ग्राहकले आफ्‍नो उपकरणअनुसार २० वटासम्म नेटवर्क  सिमसरह  चलाउन सकिनेछ। तर एकपटकमा एउटा मात्रै नेटवर्कसँग कनेक्ट हुन्छ। त्यस्तै यसका लागि फोनमा यो फिचर हुन आवश्यक हुन्छ।

यस्तो सुविधाले कुनै व्यक्ति विदेश जाँदैछ भने विदेशको नेटवर्क सेवा लिएरै पुरानो नेटवर्क पनि राखिराख्न सक्छ। त्यसलाई हटाउन वा अहिलेजस्तो सिम निकाल्नुपर्ने झन्झट बेहोर्नु पर्दैन। विदेशमा उतैको इ-सिम लिएर सहजै विदेशी नेटवर्कसँग कनेक्ट हुन सकिन्छ। आवश्यकता अनुसार नेटवर्कबाट डिस्कनेक्ट वा मोबाइलबाट उक्त इ-सिम हटाउन पनि सकिने अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.