अबको तीन दिन यी नदीमा बहाव बढ्ने, १६ जिल्लामा उच्च जोखिम
जानकारी केन्द्र
२०७९, भाद्र, ३१
काठमाडौं । अबको तीन दिनसम्म पश्चिमी क्षेत्रका नदीमा बहाव उल्लेख्य बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार अर्घाखाँची, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान लगायत १६ जिल्ला उच्च जोखिममा छन् । महाशाखाले ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पनि अनुरोध गरेको छ ।
देशको पश्चिमी भू–भागका नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो । ती नदीमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
