Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

अबको तीन दिन यी नदीमा बहाव बढ्ने, १६ जिल्लामा उच्च जोखिम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, ३१
अबको तीन दिन यी नदीमा बहाव बढ्ने, १६ जिल्लामा उच्च जोखिम

काठमाडौं । अबको तीन दिनसम्म पश्चिमी क्षेत्रका नदीमा बहाव उल्लेख्य बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार अर्घाखाँची, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान लगायत १६ जिल्ला उच्च जोखिममा छन् । महाशाखाले ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पनि अनुरोध गरेको छ ।

देशको पश्चिमी भू–भागका नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो । ती नदीमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स