धमाधम लालपुर्जा बाँड्दै मन्त्री
काठमाडौं । तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय भूमि ऐन, २०२१ लाई आठौं संशोधन गरी विगत १० वर्षदेखि सरकारी जग्गा कब्जा गर्दै आएका अव्यवस्थित बसोबासी तथा सुकुमबासीलाई एक पटकका लागि लालपुर्जा दिने व्यवस्था गरेको थियो।
भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले पछिल्लो एक हप्ताको अवधिमा मधेसका ३ जिल्ला पुगी लालपुर्जा बाँडिन्। बुधबार मोरङको कानेपोखरीमा भूमिहीन तथा सुकुमवासी परिवारलाई लालपुर्जा बाँड्दै गत कात्तिकयता सरकारले ४९ हजार परिवारलाई लालपुर्जा बाँडिसकेको बताइन्। त्यसको दुई दिनअघि उनले भदौ २७ मा सिराहा र भदौ २८ गते सप्तरीमा लालपुर्जा बाँडेकी थिइन्। अघिल्लो हप्ता पनि उनले विभिन्न जिल्ला पुगी लालपुर्जा वितरण गरेकी थिइन्।
भूमि व्यवस्था मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठले अहिले दुईवटा कार्यक्रममार्फत लालपुर्जा बाँड्ने गरेकी छिन्। नापी विभागले गरेको कार्यक्रम र राष्ट्रिय भूमि आयोगले आयोजना गरेको कार्यक्रमबाट मन्त्रीले लालपुर्जा बाँड्ने गरेकी हुन्। मन्त्रालयका प्रवक्ता जनक जोशीका अनुसार नापी विभागले अहिले गाउँ ब्लक, पुन नापी तथा द्वन्द्वबाट भएको क्षतिको नापी गरिरहेको छ। यी ३ किसिमका नापीभित्र परेका तर लालपुर्जा पाउन नसकेका परिवारलाई मन्त्री श्रेष्ठले लाल पुर्जा बाँड्ने गरेकी छन्।
यसैगरी राष्ट्रिय भूमि आयोगले अहिलेसम्म २ हजार भूमिहीन तथा सुकुमबासी परिवारलाई लालपुर्जा बाँड्ने काम पूरा भएको आयोगका उपाध्यक्ष नहिन्द्र खड्काले बताए। लालपुर्जा वितरण कार्यक्रमका प्रमुख अतिथि मन्त्री श्रेष्ठ हुने गरेकी छन्। त्यसैले मन्त्री श्रेष्ठकै हातबाट लालपुर्जा बाँड्ने गरिएको छ।
उपाध्यक्ष खड्काका अनुसार निर्वाचन आचारसंहिता लागु हुनुअघि २० हजार परिवारलाई लालपुर्जा बाँड्ने आयोगको तयारी छ। ‘हामीले कुल १ लाख परिवारलाई लालपुर्जा बाँड्ने लक्ष्य लिएका छौं। आचारसंहिता लागु हुनुअघि कम्तीमा २० हजार लालपुर्जा बाँड्ने हाम्रो तयारी छ,’ खड्काले भने। उनका अनुसार अहिलेसम्म देशभर करिब १३ लाख भूमिहीन सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले लालपुर्जा पाउन आयोगमा निवेदन दिएका छन्। ती निवेदनउपर छानविन भइरहेको खड्काले बताए।
आयोगका अनुसार ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ७२ स्थानीय तहले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारको लगत संकलन गरिरहेका छन्। बाँकी स्थानीय तहले लगत संकलन गर्न प्रक्रिया अघि बढाएको उनले बताए।
आयोगका अनुसार भूमिहीन तथा सुुकुमाबासीलाई निःशुल्क तथा अव्यवस्थित बसोबासीलाई न्यूनतम शुल्क लिएर लालपुर्जा बाँड्ने गरेको छ। २०७८ साल साउन १९ गते सरकारले देवी ज्ञवाली नेतृत्वको तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको थियो।
त्यसको १० दिनपछि सरकारले राष्ट्रिय भूमि आयोग गठन आदेश जारी ग¥यो। आदेश जारी भएलगत्तै सरकारले भूमि आयोगमा दुईजना पदाधिकारी नियुक्त ग¥यो। अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहिन्द्र खड्का नियुक्त गरिए। त्यसपछि अरू ७ जना पदाधिकारी थपिए।
गठन आदेशमा केन्द्रमा आयोग नौ सदस्यीय हुने भनिएको छ। आठ पदाधिकारी मन्त्रालयस्तरीय निर्णयबाट मनोनीत हुने र मन्त्रालयका एक सहसचिवलाई आयोगको सदस्यसचिवमा मनोनयन गर्ने व्यवस्था गठन आदेशमा छ। केन्द्रमा गठन गरिएको आयोगको अध्यक्षको सुविधा राज्यमन्त्रीसरहको हुनेछ भने अन्य पदाधिकारीको सुविधा सहसचिव सरहको हुने गठन आदेशमा व्यवस्था गरिएको छ। नागरिक दैनिकबाट
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
