• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १९ घण्टा 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १९ घण्टा 

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
  • २१ घण्टा 

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
  • २२ घण्टा 

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
  • २३ घण्टा 

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
  • १ दिन 

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • २. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ४. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

  • ५. प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ६. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?

  • ८. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • ९. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • १०. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

जनकपुरधामका सडक फराकिलोसँगै कालोपत्र

जानकारी केन्द्र २०७९, भाद्र, ३१

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्र भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ ।

मधेस प्रदेशको राजधानी घोषणा हुनुपूर्वसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि नगर क्षेत्रको स्वरुप फेरिएको हो । “केही वर्षअघिसम्म एकातिर नगर क्षेत्रका अधिकांश सडक अतिक्रमणमा परेका थिए भने अर्कातिर सडकमा ग्राभेल र खाल्डाखुल्डी भएर जीर्ण बनेको थियो”, जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीय किशोर झाले भने,“तर अस्थायी राजधानी बनेसँगै अहिले सडक फराकिलो र कालोपत्र भएका छन्, जसका कारण बल्ल आफूहरू प्रदेश राजधानीवासी भएको आभाष भइरहेको छ ।” सडक स्तरोन्नतिसँगै कालोपत्र भएकाले आवतजावतमा सहज मात्र होइन, नगर क्षेत्रको सौन्दर्यसमेत बढको उनको भनाइ थियो ।

सडक हिलाम्मे र धुलाम्मे भएका कारण ठूलो सास्ती भोगेका जनकपुरधाम उपमहानगरपालिकावासी अब भने यो समस्याबाट मुक्त हुँदै गएको स्थानीय विजय यादवले बताए । “वर्षा लागेपछि नगर क्षेत्रका बाटामा हिँड्न पनि समस्या हुन्थ्यो, तर अहिले सडक चिल्ला भएकाले सहजै हिँड्न सक्ने अवस्था भएको”, उनले बताए ।

“सडक साँघुरो र जीर्ण हुँदा कदम चोकबाट रमानन्द चोकसम्म एक घण्टासम्म लाग्थ्यो, तर अहिले १० मिनेट पनि लाग्दैन”, उनले भने, “पहिला सडकको दुरावस्थाका कारण बाहिर जिल्लाबाट आउने मानिस पुनः जनकपुर आउन चाहँदैनथे, तर अहिले सडक सफा र बजार फराकिलो भएपछि बाहिर जिल्लाबाट मानिस आउने क्रम ह्वात्तै बढेको छ ।” यसबाट जनकपुरधामको सौन्दर्यता बढ्नुका साथै पर्यटन प्रवद्र्धनमासमेत ठूलो फाइदा पुगेको उनको अनुभव छ ।

केही वर्षअघिसम्म अतिक्रमणको चपेटामा पर्दै गएको जानकीचोक, रामचोक, पेठिया बजार, कदमचोक, मुरलीचोक, तिरहुतिया गाछी, निधिमार्गलगायतका स्थानमा सडक फराकिलोसँगै कालोपत्र भएका छन् ।

यसैबीच जनकपुरधाम उपमहानगरले आर्थिक वर्ष २०७८÷७९ मा नगर क्षेत्रका करिब नौ किलोमिटर सडक कालोपत्र र अढाइ किलोमिटर सडकमा माटो ग्राभेलद्वारा सडक मर्मत गरेको छ । उपमहानगर योजना शाखाका अनुसार आव २०७८÷७९ मा आठ दशमलव ८१ प्रतिशत सडकमा कालोपत्र गरिएको छ ।

यस्तै ढल निकासका लागि सो आवमा तीन दशमलव ९२ प्रतिशत पक्की नाला निर्माण गरिएको र दुई दशमलव १९ किलोमिटर सडकमा माटो ग्राभेलद्वारा मर्मत गरिएको योजना शाखाका इञ्जीनियर राकेशकुमार यादवले जानकारी दिए ।

त्यस्तै स्वास्थ्य, शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको उपमहानगरले आव २०७८÷७९ मा स्वास्थ्यचौकी र विद्यालय गरी १८ वटा नयाँ भवन निर्माण गरिएको इञ्जीनियर यादवले बताए । नगर क्षेत्रका १० वटा सामुदायिक भवनको मर्मतसम्भार गरी जीर्णोद्वार गरिएको उपमहानगरपालिकाले जनाएको छ । जनतालाई स्वच्छ, शुद्ध खानेपानी पु¥याउने उद्देश्यले सो आवमा नगर क्षेत्रका विभिन्न स्थानमा ४९ वटा चापाकल जडान गरिएको उनले बताए ।

विगतमा फोहर र कुरुप सहरको पहिचान बनाएको जनकपुरधाम नगर क्षेत्रमा पछिल्लो समय यहाँ भएको विकासले जनप्रतिनिधि मात्र होइन, स्थानीयसमेत उत्साहित बनेका छन् । जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण नगर क्षेत्रमा परिवर्तनको सङ्केत देखिन थालेको उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले बताए ।

‘‘आफू निर्वाचित भएदेखि सडक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखेर नगरको विकासमा जुटेको छु”, नगरप्रमुख साहले भने, “सडक विस्तार, फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वडामा खुला नालामुक्त अभियान चलाएका छौँ, यसमा कर्मचारीको पनि राम्रै साथ पाएका छौँ ।’’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

ताजा

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.