काठमाडौं । आज शुक्रबारको कारोबार हुने अन्तिम दिन हो । अब असोजबाट शुक्रबार सेयर कारोबार बन्द हुनेछ। शुक्रबारको कारोबार हुने अन्तिम दिन पनि नेप्से ओरालो यात्रामै देखियो । बैंकहरूको ब्याजदर वृद्धिको निर्णयले सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९शुक्रबार० सेयर कारोबार मापक नेप्से परिसूचक १४. १० अंकले घटेर १९१०. ३८ विन्दुमा झरेको छ । नेप्से ०.७३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि २. २३ अंकले घटेर ३७१. ९० विन्दुमा झरेको छ ।
कूल २२० वटा कम्पनीको २९ लाख १६ हजार २ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ८१ लाख ८६ हजार ४ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।