भुवनले बनाएको सल्लाहकार समिति विवादमा
काठमाडौँ । चलचित्र विकास बोर्डको नव गठन सल्लाहकार समिति विवादमा परेको छ । अध्यक्ष भुवन केसीले बिहीबार बोर्डको कार्य सहज बनाउन कलाकार नीर शाहको संयोजकत्वमा गठन गरेको ५ सदस्य सहितको समिति २४ घण्टा नबित्दै विवादमा परेको हो । समितिको सदस्यमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ छन् ।
चलचित्र समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा, फिल्म लेखक यज्ञशसहित धेरै फिल्मकर्मीले सामाजिक सञ्जालबाट समितिको आलोचना गरिरहेका छन् । सल्लाहकार समितिमा एकजना महिला पनि नपरेको भन्दै आलोचन भएको हो । नेपाल राष्ट्रले समावेशी सिद्धान्तलाई संविधानत स् अंगिकार गरेपनि बोर्डको सल्लाहकार समिति त्यस्तो हुन नसकेको विषय सामाजिक सञ्जालमा चर्को रुपमा उठिरहेको छ ।
फिल्म निर्देशक तथा समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामाले समितिको विरोधमा सामाजिक सञ्जालमा लेखेका छन्, ‘चलचित्र विकास बोर्डले ६ सदस्यीय सल्लाहकार समिति गठन गर्दा एकजना पनि महिला नसमेटेकोमा मेरो विरोध छ । अध्यक्ष भुवन केसीले त यो कुरामा विचार पुर्याएनन्, सल्लाहकार समितिका संयोजक नीर शाहले समेत अनदेखा गर्नुभएकोमा आश्चर्य लागेको छ । कि, कांग्रेसीजनहरुले समावेशीय सिद्धान्त पोलेर खाएका हुन ? ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

