धनगढी । शुक्रबारदेखि परिरहेको अविरल वषरका कारण पूर्वी कैलालीमा झण्डै ६०० घर डुबानमा परेका छन् । कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले भजनी नगरपालिका(८ मारहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १६० घरधुरी डुबानमा परेको जानकारी दिए ।
उनकाअनुसार सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलकाघरहरु डुबानमा परेका छन् । अहिले नदीको बहाब बढने क्रम जारी रहेको छ । यस्तै कान्द्रा नदीमा पानीको सतह बढेर बस्तीमा पसेपछि मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेका छन् भने कान्द्रानदीकै बाढीले भजनीनगरपालिका-७ को शिविर टोल,गणेशमान टोल र दक्षिणपुर्वा टोलका पनि करिब २५० घर डुबानमा परेका छन् ।
यी ठाउँमा अहिलेसम्म मानवीय क्षति भने भएको छैन । बाढी बस्तीमा पस्दा प्रभावित भएकाहरुको उद्दारको काम भइरहेको प्रहरीले जनाएको छ ।





