दलहरूले भोलिसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइसक्नुपर्ने
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई भोलि (सोमबारसम्म) समय दिएको छ । दलहरूले आइतबार र सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारको बन्दसूची पेश गर्न सक्छन्। प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० निर्वाचन क्षेत्रका लागि दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने हुन्छ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने कार्यतालिका बनाएको थियो। आयोग परिसरमै मुख्य निर्वाचन अधिकृत कार्यालय पनि खोलिएको छ।
दलहरूले समानुपातिकतर्फ उम्मेदवारको सूची तयार पारेर आयोगमा बुझाउने तयारी गरेका छन्। उम्मेदवार तय गर्दा दलहरूले समावेशी सिद्धान्तलाई ध्यान दिनुपर्ने हुन्छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले यसअघि समानुपातिक सांसद रहेकालाई सकेसम्म नदोहोर्याउने बताएका छन्।
प्रत्यक्षतर्फ भने असोज २३ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
