दलहरूले भोलिसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइसक्नुपर्ने
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई भोलि (सोमबारसम्म) समय दिएको छ । दलहरूले आइतबार र सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारको बन्दसूची पेश गर्न सक्छन्। प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० निर्वाचन क्षेत्रका लागि दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने हुन्छ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने कार्यतालिका बनाएको थियो। आयोग परिसरमै मुख्य निर्वाचन अधिकृत कार्यालय पनि खोलिएको छ।
दलहरूले समानुपातिकतर्फ उम्मेदवारको सूची तयार पारेर आयोगमा बुझाउने तयारी गरेका छन्। उम्मेदवार तय गर्दा दलहरूले समावेशी सिद्धान्तलाई ध्यान दिनुपर्ने हुन्छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले यसअघि समानुपातिक सांसद रहेकालाई सकेसम्म नदोहोर्याउने बताएका छन्।
प्रत्यक्षतर्फ भने असोज २३ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

