झन–झन संक्रामक बन्दै डेंगु महामारी
काठमाडौं । डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान गएको थियो भने यस साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई १३ हजार बढी संक्रमित र १३ जनाको मृत्यृ भइसकेको छ ।
संक्रमण बढ्दै जाँदा अस्पतालमा जटिल लक्षण लिएर आउने बिरामी पनि बढेका छन् । काठमाडौं, ललितपुर, मकवानपुर, रूपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्ला उच्च जोखिममा छन् । संक्रमितको संख्या आकासिएको, अस्पतालमा बढेको चाप, भर्ना भएरै उपचार गर्ने र आईसीयूसम्मै पुग्ने बिरामीको संख्या थपिँदो छ, जसले झनै प्रकोप र भयानकता देखाउनेमा आशंका छैन ।
टेकु अस्पतालले डेंगु क्लिनिक सुरु गर्दा ज्वरोका लागि भनेर गरेको थियो ’अबगकभ कडा समस्या भएको देखिएको थिएन । तर, पछिल्लो समय डेंगुको विशेष औषधि हुँदैन, ज्वरो र शारीरिक पीडा कम गर्न सिटामोलबाहेकको औषधि प्रयोग गर्न नहुने तथा आयुर्वेदिक र होमियोप्याथीप्रतिको विश्वासले धेरै संक्रमित घरमै बस्न थालेका छन् । राजधानी दैनिकबाट
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

