बालबालिका हराउँछन्, भेटिदैनन्
काठमाडौँ । दाङमा गएको आर्थिक वर्ष २०७८र७९ मा ८३ बालक हराए । ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन् । त्यस्तै सोही आवमा एक सय ५८ बालिका हराए भने एक सय ४१ फेला परे । तीमध्ये १६ बालिका अझै फेला पर्न सकेका छैनन् ।
त्यस्तै चालु आवको साउन र भदौको तेस्रो हप्तामा २० बालक हराए । ती मध्ये १५ फेला परे भने पाँच अझै पनि फेला पर्न सकेका छैनन् । त्यस्तै २५ बालिका हराएकामा १७ फेला परेका छन् भने आठ जना अझै फेला पर्न सकेका छैनन् ।
जिल्लामा गिरोह सक्रिय भएर बालबालिका ओसारपसार गर्ने गरेको घटना भने नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । कोही घरबाट भारत जाने भनेर उतै हराउने, कोही आफन्तका घरमा जाने भनेर सम्पर्कमा नआउनेजस्ता कारणले बालक हराउने गरेको उहाँको भनाइ थियो । एक ठाउँको हुलिया दिएर अर्कोतिर बस्ने कारणले पनि भेट्टाउन समस्या सहने गरेको उनले बताए ।
त्यस्तै बालिकामा पनि बिहे गरेर जाने र परिवारको सम्पर्कमा नआउने जस्ता कारणले पनि हराएको भनी उजुरी पर्ने गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताए । हराएका मान्छे भेटिए पनि आफन्तले खबर नगर्दा पनि हराएकाहरू नभेटिएको तथ्याङ्कमा नआउने गरेको उनको भनाइ छ ।
जिल्लामा गत आवमा तीन सय ५३ महिला हराएका छन् भने तीन सय छ जना फेला परेका छन् । ४७ महिला अझै फेला पर्न सकेका छैनन् । त्यस्तै चालु आवको साउन र भदौमा ६० महिला हराएकामा ३५ जना भेटिएका छन् भने २५ जना अझै फेला पर्न सकेका छैनन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
