काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो । आइतबार सुन प्रतितोला तीन सय रुपैयाँ बढेको थियो । नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ