१० वर्ष जेल सजाय काटेर छुटेका थिए मृतक मोहम्मद
काठमाडौँ । काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका लाल मोहम्मद १० वर्ष जेल बसेर छुटेको खुलेको छ। मोहम्मदको परिवारसँग सोधपुछका क्रममा उनी पाँच वर्षअघि दस वर्षको जेल सजाय काटेर छुटेका प्रहरीले जनाएको छ। उनी कुन मुद्दामा जेल परेका थिए भन्नेबारे यकिन भइसकेको छैन। थप अध्ययन तथा अनुसन्धान भइरहेको छ, प्रहरी स्रोतले जनाए ।
सोमबार साँझ कागेश्वरी मनोहरा नगरपालिका – ८ मा दुई जना बन्दुकधारीहरूले मोहम्मदलाई गोली हानेर भागेका थिए। मोहम्मदको टाउको, कोखा र तिघ्रामा गोली लागेको थियो। घाइते मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार घटनास्थलमा बन्दुक र गोलीका चार वटा खोका भेटिएको छ।
गोली हान्ने दुई जना आक्रमणकारीको हुलिया प्रहरीले पत्ता लाइसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिन सक्ने नाकाहरूमा कडाइ गरेर प्रहरीले जाँच गरिरहेको बताएको छ। सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद गार्मेन्ट व्यवसायी थिए। मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।
उक्त भिडिओमा मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै उनीमाथि गोली हानिएको देखिन्छ। उनी आफू उत्रिएको कारकै वरिपरि घुम्दै बच्न खोज्दै भागेका देखिन्छन्। तर दुई जना बन्दुकधारी उनको पछिपछि लागेर खेद्दै उनलाई तीन(चार पटक गोली हान्छन्। गोली हानेको देखेपछि सँगै रहेको घरमा रहेकी मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेर आक्रमणकारीलाई झम्टिएको देखिन्छ। यसपछि बन्दुकधारीहरू भागेका थिए।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
