• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ५. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ८. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • १०. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

राजमार्ग विस्तारले यात्रुलाई सास्ती

डुम्रे । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यात्रा गर्ने साना तथा दुईपाङ्ग्रे सवारीसाधानले सास्ती खेप्नुपरेको छ । ठूला सवारी साधनका कारण यस मार्गमा यात्रा गर्ने दुईपाङ्ग्रे तथा साना सवारी साधनलाई यात्रामा थप सास्ती भएको हो ।

मोटरसाइकलमार्फत यस मार्ग हुँदै विद्यालय पुग्दा हिलो र धुलोका कारण अध्यापनका लागि पुग्न सकस भएको तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रत्न माध्यमिक विद्यालयका शिक्षक पशुपति अर्याल बताउछन् । “पानी परेका बेलामा हिलाम्मे र घाम लागेका समयमा धुलाम्मे भएर विद्यालय पुगिन्छ । कहिलेकहीँ त फेर्ने कपडा नै बोकेर जानुपर्ने अवस्था सिर्जना हुन्छ । धेरैजसो विद्यालय नजिकै पुगेपछि विद्यालय पोशाक पानीले पखाल्दा चिसै कक्षामा पुग्ने गर्छन्”, उनी भन्छन् ।

विकास निर्माणलाई विरोध गरेको भने होइन तर पनि दैनिक यात्रा गर्दा समस्या झेल्नुपरेको शिक्षक अर्याल बताउछन् । शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटारबाट राजमार्ग हुँदै भित्री सडक भएर विद्यालयमा पुग्दासम्म ठूला सवारी साधनका कारण उडेका धुलो र छ्यापिएको हिलोसहित अध्यापन गराउनुपर्ने अवस्था आएकाले छिटो गरी राजमार्ग विस्तार भए सहज हुने उनको भनाइ छ ।

धेरैजसो विशेष कार्यक्रम सदरमुकाम दमौलीमा हुने भएकाले हिलाम्मे तथा धुलाम्मे राजमार्गमार्फत स्कुटरमा आउँदा सास्ती खेप्दै आएको ग्यालेक्सी फोर केकी संवाददाता अस्मिता खनालको पनि गुनासो छ । “ठूला सवारी साधन चढेर आउँदा कपडामा टाँसिएको धुलोले गर्दा समयमा भेट्नुपर्ने व्यक्तित्वलाई भेट्न नै समस्या हुन्छ । आफ्नो सवारी साधनमा आउँदा धुलो र हिलो छ्यापिएर मान्छे नै चिनिँदैन । यसले काममा पुग्नसमेत समस्या बनाएको छ”, उनी भन्छन्, “समाचारका लागि नै एक÷दुई दिनको ग्यापमा दमौलीसम्म आउने–जाने गर्नुपर्ने भएकाले अति नै समस्या भएको छ ।”

पोखरा–बेँसीसहर ग१ज १९३० नम्बरका ट्याक्सी चालक नारायणप्रसाद शर्मा पनि राजमार्गमा सडक विस्तारको क्रममा रहे पनि सडकको बीच भागमा नै ठूलाठूला खाल्डाखुल्डी हुँदा साना सवारी साधनले सास्ती खेप्दै चलाउन बाध्य भएको पीडा सुनाउछन्। “सडक विस्तारले पछि हामीलाई सजिलो हुने हो तर सडकको बीच भागमा बनेका ठूलाठूला खाल्डाखुल्डीलाई पुरिदिने गरेमा पनि साना सवारी साधनलाई सजिलो हुने थियो भन्ने मात्रै हो”, उनको भनाइ छ ।

साना सवारी साधनले भाडा बढी लियो भनेर आरोप लाग्ने गरेको छ तर सडकको अवस्थाले यात्रु पाउने या नपाउने भन्ने पक्का नै नहुने समस्यासमेत रहेको चालक शर्मा उल्लेख गर्छन् । सडक राम्रो हुँदा दैनिक दुईदेखि तीन टिप गर्न सकिने भए पनि सडकको अवस्थाले अहिले मुस्किलले एक टिप मात्रै गर्न सकिने उनको भनाइ छ । “सडककै कारण अहिले पोखराबाट दमौली र दमौलीबाट पोखरा जाने साना सवारी साधनसमेत जान नचाहने गरेको पाइन्छ”, चालक शर्मा बताउछन् ।

निर्माण कम्पनीले साना सवारी साधनको मर्का बुझिदिएमा हामीलाई सहज हुने भन्ने उनको गुनासो छ । ठूला सवारी साधनको पाङ्ग्रा नै ठूलो हुने भएकाले तिनले सहजरुपमा खाल्डाखुल्डी पार गरे पनि साना सवारी साधन भने सास्ती खेप्न बाध्य हुँदै आएका छन् ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी निर्माण कार्य भइरहेको छ । पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिँदैछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस राजमार्गको साइडमा ग्याविन जाली लगाउने तथा पर्खाल लगाउने कार्य भइरहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा चार लेनको सडक बनाउन लागिएको हो । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको थियो । चार लेनको बनाउँदा सडक सीमा दुईतर्फी २५–२५ मिटर र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर र दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडा ४६ मिटरको हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.