‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ पोखरामा आजदेखि
कास्की । पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि–२ र्याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदै छ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा सहभागी हुन १३ देशका एक हजार चार सय २५ खेलाडी पोखरा आइसकेका मूल आयोजक समितिका सचिव जगन गुरुङले जानकारी दिए । उनका अनुसार एउटै खेलका लागि यति ठूलो सङ्ख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमा नै पहिलो हो । प्रतियोगितामा सिनियर र जुनियरतर्फको विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १४ वर्षदेखि ६० वर्षसम्म महिला र पुरुष गरी विभिन्न आठ तौल समूहमा तथा पुम्सेतर्फ १४ देखि ६० वर्षभन्दा माथि एकल, जोडी र समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणाले बताए ।
प्रतियोगिताका लागि तेक्वान्दो महासङ्घको छाता संस्था वल्र्ड तेक्वान्दोका अध्यक्ष डा चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडरेशनका अध्यक्ष लिक्यू सिोओकलगायत पोखरामा आउने बताइएको छ । विश्वभरिका खेलाडी, निर्णायक तथा प्रशिक्षक, तेक्वान्दो महासङ्घका विशिष्ट पदाधिकारीसहित दुई हजारभन्दा बढीको सहभागिता हुने अनुमान आयोजकको छ ।
विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न पाँच हजारभन्दा बढी तेक्वान्दो प्रेमी पोखरा आउने अपेक्षा गरिएको सङ्घले जनाएको छ । यसअघि हालसम्म दुई पटक सफलतापूर्वक काठमाडौँमा सम्पन्न भएको प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


