• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष ०८, २०८२
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

दैलेख । जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन ।

पूर्वी क्षेत्र भगवतीमाई गाउँपालिकाबाट सुरु भएको मध्यपहाडी राजमार्गले सदरमुकामको मुटु नारायण नगरपालिका, भैरवी गाउँपालिका, दुल्लू नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका हुँदै आठवीस नगरपालिकाका धेरै भूभाग छोएर अछाम जोडिएको छ । जिल्लाभर एक सय २५ किलोमिटर सडक पहाडी राजमार्गले ओगटेको छ । राजमार्गले जोडिएका स्थान वरपरको कृषि उपजले सहजै बजार पाएको छ । स्थानीयले आम्दानी गर्न सकेका छन् ।

जिल्लाको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका जाजरकोटको सुयाडासँग जोडिएको छ । मध्यपहाडी राजमार्ग सञ्चालन हुने बित्तिकै सुयाडा क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ । अग्लो भूभागमा भएका कारण हिउँ खेल्न मात्र नभएर अघिपछि घुमफिर गरेर आन्नद लिनका लागि पर्यटकलाई राजमार्गको यात्रा निकै सहज छ । सुयाडाका किसानले उत्पादन गरेको तरकारी दैलेख बजार पुग्छ भने भगवतीमाई गाउँपालिकाको उत्पादन सजिलै जाजरकोट पुग्ने गरेको छ ।

राजमार्ग सञ्चालनमा आएपछि आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रमा परिवर्तन भएको छ । जिल्लाको पूर्वी खण्डमा करिब २९ किलोमिटर सडक कालोपत्र भइसकेको छ । नारायण नगरपालिकाको लोहोरे खोलादेखि भगवतीमाई गाउँपालिका हुँदै जाजरकोटको सुयाछेडासम्मको सडक कालोपत्र भएपछि जाजरकोट र दैलेखको दूरी कम भएको छ । सुर्खेत पुगेर छिन्छु हुँदै जाजरकोट जानुपर्ने समस्या समाधान भएको छ । सिमाना क्षेत्रका केही सडकको काम धमाधम भइरहेको र कालोपत्रको तयारी भएको आयोजना अनुगमनमा खटिएका प्राविधिक बताउँछन् ।

पश्चिम खण्ड छामघाट खोलादेखि भैरवी गाउँपालिकाका, दुल्लू नगरपालिकाको, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठवीस नगरपालिकाका केही भूभाग समेटेर मध्यपहाडी राजमार्गको पश्चिम खण्ड सञ्चालनमा छ । पश्चिमखण्डका अधिकाँस स्थानमा सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।

मध्यपहाडी राजमार्ग दैलेख आयोजना प्रमुख युवराज पोखरेलले आगामी वर्ष दैलेख खण्डका सबै सडक कालोपत्र भइसक्ने बताए । पहाडी जिल्लालाई सडक सञ्जालसँग जोडेर उत्पादनको बजारीकरण र सहज यातायात सुविधा पु¥याउने उद्देश्यले निर्माण सुरु गरिएको मध्यपहाडी राजमार्गको सबैभन्दा विवादितमध्येको सदरमुकामको सडकखण्डको काम अहिले तीव्र पारिएको छ । योसँगै दैलेख बजारको लोहोरेदेखि छाम घाटसम्मको सडक निर्माण कार्यले तीव्रता पाएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विवाद समाधान भएको बताउछन् । विवाद समाधान भएसँगै सडक चौडा गर्ने, नाली निर्माण गर्ने, ग्याबिन भर्ने, पर्खाल लगाउनेलगायत काम धमाधम सुरु भएका छन् । केही स्थानमा मुआब्जा वितरण कार्य सकिएसँगै कामले तीव्रता पाएको प्याकुरेलले जानकारी दिए ।

कर्मचारी अभावका बावजुत पनि आयोजनाको तर्फबाट प्रभावकारी काम भएको छ । दैलेखका विभिन्न खण्डमा कामको जिम्मेवारी लिएका १० निर्माण कम्पनीले ठेक्कामार्फत काम सुरु गरेका छन् । पुल निर्माणको जिम्मा छुटै तीन कम्पनीकोे छ । करिब रु चार अर्ब बढी रकम आर्थिक वर्ष २०७९÷८० मा खर्च हुने प्रशासन प्रमुख तीर्थ जिसीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर
    वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा
    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

    वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर
    • वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.