श्रीमतीको हत्या आरोपित नाम्जाली पक्राउ
जानकारी केन्द्र
२०७९, आश्विन, ६
काठमाडौं । कैलालीमा श्रीमतीको हत्याको आरोप लागेका शेरबहादुर नाम्जाली मगर पक्राउ परेका छन् । उनलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एक छोरा र छोरीसँगै बस्दै आएकी ललिता नाम्जाली मगरको हत्या गरिएको अवस्थामा बिहीवार शव फेला परेको थियो ।
ललिताको छोरी समेत घाइते अवस्थामा फेला परेकी थिइन् घाँटीमा चोट लागेको उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनका छोरा विजय पनि घाइते भएका छन् ।
भारतमा काम गर्दै आएका ललिताका श्रीमान शेरबहादुर हत्या पश्चात फरार भएका थिए । उनले नै हत्या गरेर फरार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बुधबार पनि कैलालीको छुट्टाछुट्टै स्थानमा दुई शव फेला परेको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
