मेक्सिकोमा शक्तिशाली भूकम्प
काठमाडौँ । मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो । ६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था यूएसजीएस ले ६.८ म्याग्निच्युड अनुमान गरेको छ । मिचोआकानमा सोमबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । मेक्सिको सिटीमा सयौं किलोमिटर टाढा हजारौं भवनमा क्षति पुर्याएको थियो । यस भूकम्प आतङ्क फैलाएको थियो । स्थानीय समयानुसार बिहीबार बिहान १ः१६ प्रारम्भिक चेतावनी अलार्म बजेपछि मानिसहरूले आफ्नो घरहरू खाली गर्न थालेका थिए । मेक्सिको सिटीका मेयर क्लाउडिया सेनबाउमले आधिकारिक हेलिकप्टरहरू सहरमा उडेको र कुनै पनि क्षतिको प्रारम्भिक रिपोर्ट नरहेको बताउनु भएको छ । भूकम्पपछि सहरमा अहिलेसम्म कुनै क्षति भएको छैन,’ उनले ट्वीट गरेका िथए ।
राष्ट्रिय भूकम्प विज्ञान एजेन्सीकाअनुसार भूकम्प १२ किलोमिटर गहिराइमा परेको थियो, यद्यपी युएसजीएसले मेक्सिको सिटीबाट ४१० किलोमिटर टाढा रहेको २४ किलोमिटर गहिराइ रहेको अनुमान गरेको छ । सन् १९८५ र २०१७ मा गएको दुईवटा घातक भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा लाखौं मानिसले आपतकालीन अभ्यासमा भाग लिएको एक घण्टाभन्दा कम समयमै सोमबारको भूकम्प आएको थियो ।
सन् १९८५ सेप्टेम्बर १९ मा आएको ८.१ म्याग्निच्युडको भूकम्पले दश हजार भन्दा बढी मानिसको ज्यान गएको थियो र सयौं भवनहरु ध्वस्त भएको थियो । सन् २०१७ मा ७.१ म्याग्निच्युडको भूकम्पमा परी करिब तीन सय ७० व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पमा परी मारिएका व्यक्तिहरु प्राय राजधानी शहरका रहेका थिए ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

