दार्चुलामा जिप दुर्घटना : एकको मृत्यु, हामफालेर बचे ८ जना
जानकारी केन्द्र
२०७९, आश्विन, ७
काठमाडौँ । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको हो। मार्माबाट अपिहिमाल मकरीगाड जाँदै गरेको जिप सडकबाट तल खसेको थियो। तिम्ला भन्ने ठाउँमा जिप दुर्घटनामा परेर अपिहिमाल गाउँपालिका ६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा रहेका अरू ५ जना सामान्य घाइते छन्। जिपमा ९ जना थिए। ९ मध्ये ८ जना जिपबाट हामफालेर ज्यान जोगाएका छन्। घाइतेको लटिनाथ स्वास्थ्य चौकीमा उपचार गरिएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। जिपका ९ मध्ये ८ जनाले हामफालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताए। जिपसँगै भिरमा खसेका धामीको भने मृत्यु भएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
