• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ जेठ २०८३, आइतबार
१७ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • १७ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • १७ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • १९ घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • २० घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • २१ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • २१ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • २३ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कञ्चनपुरका बाढीपीडितको जङ्गलको बास

जानकारी केन्द्र २०७९, आश्विन, ७

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ ।

बाढीले प्रभावित भएपछि जङ्गलमा त्रिपाल टाँगेर ओत बसेको एकान्त टोलका मेघु बोहराले बताए । “घरभित्रको सामान पूरै बाढीले लग्यो, घरका खम्बा मात्रै बाँकी छन्”, उनले भने, “घरभरी माटो नै माटो भएको छ, लत्ताकपडा सबै बाढीले लग्यो ।”

शुक्रबार राति वनहरा नदीमा आएको बाढीले आफूहरुको बिचल्ली भएको उनको गुनासो छ । “यतिका दिन भयो, आजसम्म जङ्गलमै त्रिपाल टाँगेर बसेका छौँ, घर कसरी फर्किने त्यहाँ बाढीले केही राखेको छैन”, उनले भने, “ओढ्न, बिछ्यान केही छैन, खानका लागि एक कट्ठा चामल पाएका थियौँ, त्यो सकिएपछि के खाने भन्ने चिन्ता छ ।”

जङ्गलमा त्रिपालमुनि बिछ्याउने कपडा नहुँदा समस्या भएको हरिकृष्ण भट्टको गुनासो छ । “घर बस्न लायक नै छैन, फेरि के पो हुन्छ भन्ने डरले त्यहाँ गएका छैनौँ”, उनले भने, “वर्षभरी खाने खेतको अन्नसमेत माटोमा मिसिएको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।”

एकान्त टोलमा १५ कट्ठा जग्गामा लगाएको उनको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पु¥याएको छ । “धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो, २०६४ सालयता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ”, उनले भने ।

बाढी प्रभावित शुक्लाफाँटा नगरपालिका–११ वनहरा शिविरका सुकुम्बासी पनि बिचल्लीमा परेका छन् । त्यहाँका ३० परिवार पनि नजिकैको जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छन् । बर्सेनि बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरूलाई नहेरेको वनहराका सुकुम्बासीको गुनासो छ । “नदीले उताबाट धकेल्छ, यताबाट वनले धपाउँछ, प्रशासनले बाँच्नुहोस् भन्छ, कहाँ जाने हामी”, स्थानीयबहादुर कामीले भने ।

बाढीले घरभित्र माटो भरिएकाले बस्तीमा बस्नै नसकिने अवस्था रहेको मानध्वज लुहार बताए । “चामल पाएका छौँ, पकाउनलाई भाँडा छैनन्, कहाँ पकाउने रु कसरी पकाउने रु बस्तीमा पानी पनि छैन”, उनले दुखेसो पोखे । बर्सेनि बाढीले दुःख दिँदै आए पनि अहिलेसम्म यसको दिगो व्यवस्थापन हुन नसक्दा पीडा खेप्नुपरेको देवकी विष्ट बताउछिन् ।

“राति एक्कासी बाढी आयो, बालबच्चा काखमा च्यापेर भागे, सरसमान जोगाउन सकिएन”, उनले भनिन्, “बाख्रा, लत्ताकपडा कहाँ पुगे, अहिले जङ्गलमा बस्नुपरेको छ, खानलाई अन्न छैन ।”

बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिए । “बाढीपछिको अवस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका छौँ, प्रभावितलाई सुरक्षित स्थानमा राखेका छौँ”, उनले भने, “उनीहरूको खाने, बस्ने व्यवस्था पनि मिलाएका छौँ ।” बाढी प्रभावितलाई राहत तथा क्षतिपूर्तिका लागि प्रदेश तथा सङ्घ सरकारलेसमेत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.