बैतडीमा विद्युतीय राहदानी सेवा बन्द
काठमाडौँ । बैतडीमा विद्युतीय राहदानी ९इ–पासपोर्ट० सेवा बन्द भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सेवा बन्द भएको जनाएको छ । विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शङ्कर बोहराले बताए ।
यहाँको सर्भरको कनेक्सन केन्द्रको सर्भरसँग नभएकाले सेवा अवरुद्ध भएको हो । बन्द भएको विद्युतीय राहदानी सेवा सुचारु हुन केही दिन लाग्नसक्ने जनाएको छ । विद्युतीय राहदानी सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी सेवा बन्द भएको थियो । जिल्लामा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको हो ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
