अनशनरत कँडेलको स्वास्थ्य अवस्था बिग्रँदै
काठमाडौँ । हिन्दूराज्यको माग गर्दै नारायणगढस्थित नारायणी नदी किनारमा आमरण अनशन बसेका प्रेमनिधि कँडेल भारतद्वाजको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । अनशनको आज सातौँ दिन उनको स्वास्थ्य विभिन्न समस्या बढ्दै गएका छन् ।
अनशनरत भारद्वाजको नियमित स्वास्थ्य परीक्षण गरेका डा प्रशान्त कँडेलका अनुसार उनको शरीरमा ग्लुकोज र ‘सोडियम’को मात्रा घटेको छ भने ‘युरिकएसिड’ र ‘विलुरुविन’को मात्रा बढ्दै गएको छ । पिसाबमा युरिन एसिडोन बढेको उनले जानकारी दिए । उनले भने, “उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । स्लाइन दिनुपर्छभन्दा मान्नु भएको छैन ।” तत्काल उपचारको प्रक्रिया अगाडि बढाउनुपर्ने डा कँडेलले बताए ।
श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आह्वानमा अध्यक्ष कँडेल आमरण अनशन बसेको हो । उनले सनातन हिन्दूराष्ट्र घोषणाका लागि दबाव दिन आमरण अनशन सुरु गरेको हो । उनी यसअघि पनि दुई पटक आमरण अनशन बसिसकेका छन् ।
विसं २०७२ भदौ १४ गते १७ दिन आमरण अनशन बसेपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले माग सम्बोधन हुने भन्दै अनशन तोडाएका थिए । संविधान घोषणा भएका दिन आन्दोलनमा उत्रिएपछि उनी पक्राउ परेका थिए ।
उनकै अगुवाइमा २०७६ देखि नारायणी नदी किनारमा महाआरती हुँदै आइरहेको छ । रिले अनशनमा सनातन संस्कृति संरक्षणका अभियन्ता, सर्वसाधारणसमेत सहभागी भएका छन् । उनीसँगै दैनिक पाँच जना रिले अनशन बस्दै आएका छन् ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

